२१ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यमपञ्चक अर्थात तिहारको दोस्रो दिन आज कुकुर पूजा गरिंदै

प्रकाशित मिति :  १७ कार्तिक २०७८, बुधबार ०६:०९


काठमाडौं । यमपञ्चक अर्थात तिहारको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने वैज्ञानिक मान्यता समेत छ । काग र कुकुरलाई यमदूतका रूपमा समेत मानिन्छ ।

कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते मनाउनुर्ने समितिले जनाएकाे छ । तिथिकाे घटबढका कारण भाेलि बिहान मात्रै नरक चतुर्दशी मनाउनुपर्नेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !