१५ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फेरी बढ्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति :  २५ कार्तिक २०७८, बिहीबार ११:१३


काठमाडौं । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य प्रतितोला ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ रहेको छ । बुधबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा २० रुपैयाँ बढेको छ । चाँदीको मूल्य एक हजार २७० रुपैयाँ कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५० डलरमा कारोबार भइरहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !