५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले महाधिवेशनका लागि ६७ जिल्लामा प्रतिनिधि चयन

प्रकाशित मिति :  २ मंसिर २०७८, बिहीबार ०६:४८


काठमाडाैं । नेकपा एमालेकाे दशाैं राष्ट्रिय महाधिवेशनका लागि ६७ जिल्लामा प्रतिनिधि चयन भएका छन् ।

नेकपा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार महाधिवेशनका लागि छानिएका ६७ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिको विवरण प्राप्त भएको छ । अब १० जिल्लाका प्रतिनिधिकाे विवरण आउन बाँकी छ ।

प्रदेश-१ को सुनसरी, ताप्लेजुङ र पाँचथर,प्रदेश-२ को रौतहट, महोतरी, धनुषा, सिरहा र सप्तरी तथा सुदूरपश्चिमकाे कैलाली र बाजुरबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आउन बाँकी रहेकाे एमालेले जनाएकाे छ । निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी छ ।

महाधिवेशनका लागि वाग्मती प्रदेश कमिटीबाट ५ जना प्रतिनिधि चयन भएका छन् । खुलातर्फ अनन्त पौडेल, लालकुमार केसी र पुर्ण बुढा मगर चयन हुनुभएकाे छ । महिलातर्फ शान्ति अधिकारी र अप्सरा चापागाईं चयन हुनुभएकाे छ ।

यस्तै कञ्चनपुरबाट २० जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । खुलातर्फ वीरबहादुर थापा, पल्लवराज भट्ट, भक्तबहादुर अधिकारी, हिरासिंह बिस्ट, रणबहादुर महरा, नरबहादुर धामी, वचनबहादुर सिंह, अशोककुमार चन्द, सुरेन्द्र विस्ट, डा.दीपकप्रकाश भट्ट र कृष्णदेव पन्त चयन हुनुभएकाे छ ।

महिलातर्फ कमला बोहरा, चित्रकुमारी चौधरी, लक्ष्मी बुढा, चाँदनी धामी र खिमा चन्द चयन हुनुभएकाे छ । दलिततर्फ भारमल सुनार र नरबहादुर विक चयन हुनुभएकाे छ ।मजदूरतर्फ कमला देवकोटा र लक्ष्मी जोशी चयन हुनुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !