१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति :  ३ मंसिर २०७८, शुक्रबार ०९:१२


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओली र दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएकाे छ ।

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री बीच सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज भेटवार्ता भएकाे हाे । उहाँहरुबी द्धिपक्षीय हित, नेपाल-अमेरिका सम्बन्ध काेभिड महामारी, काेभिडविरुद्धकाे खाेप,एमसीसी लगायत विषयमा कुराकानी भएकाे बताइएकाे छ ।

भेटमा अध्यक्ष ओलीले एमसीसीबारे आफ्नाे पार्टीले स्पष्ट धारणा नबनाइएकाे बताउनुभएकाे अध्यक्ष ओलीकाे सचिवालयले जनाएकाे छ । लामो समयदेखि अमेरिकी सरकारले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि साे सहयोगले निरन्तरता पाउने विश्वास ओलीले व्यक्त गर्नुभयाे ।

अमेरिकी सहायक विदेशमन्त्री लुले नेपाललाई दिँदै आएकाे सहयाेगलाई निरन्तरता दिने बताउनुभएकाे थियाे । काेभिड विरुद्धकाे खाेप,जलवायु परिवर्तान लगायत,विकास निर्माण लगायत पक्षमा नेपालसँग सहयाेग र सहकार्य गर्ने पनि लुले बताउनुभएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !