कांग्रेस सभापतिका लागि पुन: चुनाव हुने,देउवा र कोइराला भिड्ने, प्रकाशमानकाे साथ देउवालाई
काठमाडाैं । नेपाली कांग्रेसकाे सभापति चयनका लागि पुन:चुनाव हुने भएकाे छ ।
सभापति चयनका लागि भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुन लागेकाे हाे । कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हाे । कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसबारे निर्णय गर्नेछ । आजै दाेस्राे चरणकाे चुनाव गर्ने समितिकाे तयारी छ ।
कांग्रेसकाे विधान अनुसार पहिलाे चरणमा सबैभन्दा धेरै मत ल्याउनुभएका शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दाेस्राे चरणमा प्रतिष्पर्धा हुनेछ । बाँकी उम्मेदवारकाे समर्थनले सभापतिमा जितको आधार तय गर्नेछ ।
दाेस्राे चरणकाे मतदानमा सभापतिका उम्मेदवारत्रय विमलेन्द्र निधि,प्रकाशमान सिंह र कल्याण गुरुङ निर्णायक हुने देखिएकाे छ । उहाँहरुले देउवा र काेइरालामध्ये कसलाई समर्थन गर्नुहुन्छ भन्नेमा धेरैकाे चासाे छ ।
सभापतिमा कसैकाे पनि बहुमत नआएपछि नेताहरुबीच दाैडधुप सुरु भएकाे छ । अन्तत प्रकाशमानले देउवालाई सभापतिमा सघाउने बताउनुभएकाे छ ।