४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड विरुद्धकाे २५ लाख डाेज खाेप गायब, के भन्छ स्वास्थ्य मन्त्रालय ?

प्रकाशित मिति :  ५ माघ २०७८, बुधबार ०७:५८


काठमाडाैं । काेभिड विरुद्धकाे २५ लाख डाेज खाेप गायब भएकाे छ ।

२५ लाख डाेज खाेप गायब भएपछि सरकारले खोप बेचेको वा किनेर लगाएको पाइए कारवाही गर्ने चेतावनी दिएकाे छ । २५ लाख डाेज खाेप गायब भएकाे तथ्य सार्वजनिक भएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड विरुद्धको खोप बेचेको वा किनेर लगाएको पाइए कारवाही गर्ने चेतावनी सूचनामार्फत दिएकाे हाे ।

काेभिड विरुद्धको खोप निःशुल्क लगाइरहेको उल्लेख गर्दै मन्त्रालयले यदि कसैले बेचेको वा किनेर लगाएको पाइए कारबाही हुने चेतावनी दिएको हो । ‘कोभिड-१९ विरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेको छ‚ अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ’-मन्त्रालयकाे सूचनामा उल्लेख छ ।

कोभिड विरुद्धको खोप बेचबिखन भएको थाहा पाए स्थानीय प्रशासन‚ प्रहरी‚ स्थानीय तह वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।बजारमा लुकिछिपी बेच्न राखिएका खोप नक्कली हुने सक्ने भन्दै यसमा सजग हुन पनि मन्त्रालयले अनुराेध गरेकाे छ ।

मंगलबार बसेकाे प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २५ लाख डोज खोपको कहीं कतै रेकर्ड नै नभेटिएको बताउनु भएकाे थियाे । त्यसपछि मन्त्रालयले सूचना निकालेकाे हाे ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !