२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेकाे ६४ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न

प्रकाशित मिति :  ५ माघ २०७८, बुधबार ०८:०१


काठमाडौं । नेकपा एमाले ६४ जिल्ला भूगोल र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

गत पुस २७ गते एमालेले अधिकांश जिल्ला अधिवेशन एकै दिन उद्घाटन गरेको थियो । अधिवेशन उद्घाटन पछि भएका बन्द सत्रले हालसम्म ६६ स्थानमा नयाँ नेतृत्व चयन गरेको छ ।

पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी रहेको नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ । ती जिल्लामा सर्वसम्मति खोज्ने प्रयास स्वरूप नेतृत्व चयनको काम ढिलाइ भएको थियो । यसै बिचमा कोभिड सङ्क्रमण फैलिएपछि नेतृत्व चयनको काम रोकिएको छ ।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा भने अधिवेशन सुरु नै भएको छैन । विशेष कारणले पुस २७ गते ती जिल्लामा अधिवेशन हुन सकेको थिएन । ती जिल्लामा अधिवेशनको मिति कोभिङ–१९ महामारीको सङ्क्रमणलाई ध्यानमा राखी तय गरिने एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

त्यसै गरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशन पनि पछि आयोजना गरिने भएका छन् । जिल्ला कमिटी सरहका सम्पर्क कमिटी मध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन सम्पन्न भइसकेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !