४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भक्तपुरमा उकालो लाग्दैछ ‘कोभिड ग्राफ’

प्रकाशित मिति :  १० माघ २०७८, सोमबार ०५:०१


भक्तपुर । भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लमा दैनिक पाँच सय भन्दा धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार दुई सय ५८ पुरुष र दुई सय ७२ महिला गरी पाँच सय ३० जना नयाँ संक्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार नौ सय ६८, ७ गते ६ सय २७, ६ गते पाँच सय ६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । संक्रमितको संख्या बढेसँगै जिल्लामा सक्रिय संक्रमित संख्यासमेत ह्वात्तै बढेको छ ।

जिल्लामा आइतबारसम्म सक्रिय संक्रमितको संख्या चार हजार नजिक पुगेको छ । कूल सक्रिय सङ्क्रमितको संख्या तीन हजार नौ सय ९८ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार नौ सय २८ छन् ।

जिल्लमा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार एक सय ४७ सक्रिय संक्रमित छन् । तीमध्ये पाँच सय ८९ पुरुष र पाँच सय ५८ महिला छन् । मध्यपुरथिमिमा आइतबार मात्रै दुई सय दुई संक्रमित थपिएका थिए ।

त्यस्तै सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा चार सय ६१ र अन्य दुई सय ७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन् ।

त्यस्तै एचडियूमा चार , आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु एक सय १७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६ छन् ।

यसैगरी जिल्लमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन सय ६० पुगेको छ । यही माघ ८ गते एक संक्रमितको ज्यान गएसँगै जिल्लामा ज्यान गुमाउनेको संख्या तीन सय ६० पुगेको हो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !