मौरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोली घोषणा
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्नुभएकाे छ ।
जनवरी २९ र फेब्रुअरी १ मा हुने दुई मैत्रीपूर्ण खेलका लागि अल्मुतैरीले दुई टोलीको गर्नुभएकाे हाे । मैत्रीपूर्ण खेलका लागि अहिले ३४ खेलाडी प्रशिक्षणमा छन् ।
एन्फाले सामान्य र भीआईपी प्यारापिटको लागि क्रमशः पाँच सय र एक हजार रुपैयाँ मूल्य तोकेको छ । साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुरुप रंगशालाको कुल क्षमताको एक तिहाइ दर्शकलाई मात्र प्रवेश अनुमति दिइने एन्फाले जनाएकाे छ ।
खेलको हेर्न आउने दर्शकहरुका लागि रंगशालामा प्रवेश गर्न खाेप कार्ड अनिवार्य गरिएकाे छ । दुवै खेल दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे हुनेछन् ।
दुई मैत्रीपूर्ण खेलका लागि टालि घाेषणा गरिएकाे छ । तर पहिलाे खेलमा खेलेका केहि खेलाडिले दाेस्राे मैत्रीपूर्ण खेल खेल्न पाउँने छैनन् । प्रशिक्षक अलमुतैरीले दास्राे खेलमा अन्य नयाँ अनुहारलाई देखाउँने निर्णय गर्नुभएकाे छ ।
पहिलाे खेल खेल्ने टिम-
दाेस्राे खेल खेल्ने टिम: