१ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिड सङ्क्रमणका कारण रामेछापका हाट बजार बन्द

प्रकाशित मिति :  १३ माघ २०७८, बिहीबार ०४:४८


रामेछाप । कोभिड सङ्क्रमण बढ्दै गएपछि रामेछापको सबैभन्दा पुरानो बिहीबारे हाट बजार बन्द गरिएको छ ।

रामेछाप नगरपालिका–८ रामेछाप बजारमा लाग्ने बिहीबारे हाट आजबाट बन्द गरिएको नगरपालिकाले जनाएको छ । रामेछाप नगरपालिकाले एक सूचना जारी गरी कोभिडका कारण हाट बन्द गरिएको जानकारी दिएको छ ।

नगरपालिकाले सो नगरपालिकाको वडा नम्बर ३ साँघुटार बजारमा लाग्दै आएको शनिबारे हाट पनि बन्द गर्ने निर्णय गरेको छ । अर्को सूचना जारी नभसम्मको लागी हाट बन्द रहने नगरपालिकाले जनाएको छ ।

कृषकले उत्पादन गरेको हरियो फलफूल तथा तरकारी भने हरेक दिन बिहान विक्री गर्न सकिने नगरपालिकाले जनाएको छ । त्यसकाले लागि पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न नगरपालिकाले आग्रह गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !