एमालेका युवा नेता दाहालद्वारा पुराना नेता रामबहादुर माझीलाई सहयोग
कटारी । कटारी एमालेका युवा नेता तथा प्रेस चौतारी उदयपुरका अध्यक्ष जीवनाथ दाहालले पहिले एमालेमा सक्रिय रहनुभएका कटारी ३ का ८० वर्षिय जेष्ठ नागरिक रामबहादुर माझीलाई न्यानो कपडा तथा नगद सहयोग गर्नुभएको छ ।
३५ सालदेखि कृयाशिल रुपमा नेकपा एमालेमा सक्रिय रहनुभएका माझीको हाल स्वास्थ्य स्थिति नराम्राे रहेकाे र आर्थिक अवस्था कमजोर भएकोले दाहालले न्यानो कपडा (ज्याकेट ,ट्राउजर र जुत्ता) का साथै केहि नगद व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नुभएको छ ।
उदयपुरमा निकै पुराना एमाले कार्यकर्ताका रुपमा चिनिने माझीले पार्टीलाई लामो समय योगदान दिएपनि आर्थिक अवस्था नाजुक भएका कारण उपचारमा समस्या हुँदा समेत पार्टीले वास्ता नगरेको गुनासो माझीले गुनासाे गर्नुभयो ।
उहाँले भन्नुभयाे-‘पार्टीकाे लागि धेरै संघर्ष गरियाे तर अहिले आफू यस्ताे अवस्थामा हुँदा पनि पार्टीले हेरेन ।’
अध्यक्षा दाहाले माझीकाे उपचारका लागि पहल गर्ने बताउँदै आफ्ने समयमा पार्टीमा सतिसाल झैं उभिएर सबल, सुदृड र सफल बनाउँन काम गरेका व्यक्तित्वहरुलाई सम्मान गर्नुपर्ने बताउँनुभयाे ।
एमाले ०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट मनोनित वडा सदस्य समेत हुनुभएको थियो ।