२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विना निष्कर्ष टुङ्गियाे गठबन्धनको बैठक

प्रकाशित मिति :  १५ माघ २०७८, शनिबार ०७:५६


काठमाडौं । समसामयिक अवस्थाको बारेमा छलफल गर्न शनिबार बसेको पाँच दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन पछि धकेल्न दबाब दिइरहनुभएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र निर्वाचन आयोगले समेत बैशाख महिनामा नै स्थानीय तह निर्वाचन गर्न दबाब दिइरहेका छन् । नेपाली कांग्रेस भित्रै समेत बैशाखमा नै स्थानीय तह निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई दबाब छ ।

स्थानीय तह निर्वाचन पछि नसारे गठबन्धन नै टुट्ने र सरकार ढल्ने डर देखाएर प्रचण्ड र माधव नेपालले मिति घोषणा गर्न रोकिरहेका छन् । दबाबको बिचमा बसेको आजको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !