६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी वडा कमिटी अध्यक्षसहित ४५ परिवार एमाले प्रवेश

प्रकाशित मिति :  १७ माघ २०७८, सोमबार ०७:४१


काठमाडाैं । नेकपा माओवादी केन्द्र मालारानी गाउँपालिका-३ का वडा कमिटी अध्यक्ष रोमाहर्स खनालसहित ४५ घरपरिवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मालारानी गाउँपालिकामा आइतबार आयाेजित एक कार्यक्रमबीच खनालसहित ४५ परिवार एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरु माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता-कार्यकर्ता हुन् ।

नवप्रवेशीहरुलाई नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी, एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चन्द्रबहादुर खड्का उज्वल, ,केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला अध्यक्ष पीताम्बर भुसाल लगायतले पार्टीमा स्वागत गर्नुभयाे ।

कार्यक्रममा बोल्दै सचिव टोपबहादुर रायमाझीले एमालेले नै देश रुपान्तरण गर्ने बताउनुभयाे । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा देश अगाडि बढ्ने भन्दै उहाँले एमालेमा एकताबद्ध हुन आव्हान गर्नुभयाे । ५ दलीय गठबन्धन संविधानविपरीत जान खोजेको पनि उहाँले बताउनुभयो ।

एमालेसँग डराएर सत्ता गठबन्धनले स्थानीय तहकाे चुनाव सार्न खाेजेकाे सचिव रायमाझीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘सत्ताधारीहरुले हार स्वीकार गरिसके, चुनाव गर्न एमालेसँग डराएर अनेक बाहना बनाएर स्थानीय तहको निर्वाचनलाई पर धकेल्न खोजेका छन् ।’

आगामी चुनावमा एमालेले बहुमत ल्याउने र गाउँको विकास निर्माणका कामलाई अगाडि बढाइने पनि सचिव रायमाझीले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !