२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गठबन्धन सरकारले देशलाई संकटमा लग्याे- शंखर पाेखरेल

प्रकाशित मिति :  २२ माघ २०७८, शनिबार ०९:४३


काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले लोकतन्त्र विरोधी चरित्र देखाएको बताउनु भएकाे छ ।

प्रेस चौतारी नेपाल सुनसरी शाखाले २४औं स्थापना दिवसको अवसरमा शनिबार धरानमा गरेकाे कार्यक्रममा उहाँले गठबन्धन सरकारले देशलाई संकटतर्फ धकेल्ने खाेजेकाे बताउनुभयाे । स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने प्रयास गरेर गठबन्धनले सरकारले लाेकतन्त्र विराेधी चरित्र देखाएकाे उहाँकाे भनाइ छ ।

महासचिव पाेखरेलले स्थानीय तहलाई कमजाेर पार्न खाेजिएकाे बताउनुभयाे । स्थानीय तहलाई कमजाेर पार्न खाेज्नु भनेकाे संघीय लाेकतान्त्रिक गणतन्त्रलाई कमजाेर पार्नु रहेकाे भन्दै उहाँले यसमा सबैले खबरदारी गर्नुपर्ने बताउनुभयाे । ०६२-०६३ को आन्दोलनबाट जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नखोसिने लोकतन्त्रको रुपमा स्थापिना गरिएको र त्यो लोकतन्त्रभित्र जनप्रतिनिधिविहिनताको परिकल्पना नगरिएकाे पनि उहाँले प्रष्ट पार्नुभयाे ।

स्थानीय तहलाई रिक्त पार्ने काेशिस भएकाे भन्दै उहाँले त्यसविरुद्ध खबरदारी गर्न सञ्चार माध्यमलाई पनि आग्रह गर्नुभयाे । निर्वाचन आयाेगले आगामी जेठ ४ का लागि स्थानीय तहकाे चुनाव गर्न सिफारिस गरेपनि गठबन्धन सरकार चुनावकाे मिति घाेषणा गर्न खुट्टा कमाइरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे –  ‘जेठ ४ गते मिति घोषणा गर्न सरकारले खुट्टा कमाइरहेको छ, त्यसले लोकतन्त्रप्रतिको गठबन्धनको निष्ठालाई कमजोर बनाइहेको छ, सबैले खबरदारी गर्नुपर्छ,खविशेषगरी सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ ।’एमालेप्रति जनताकाे आकर्षण देखेर गठबन्धन तर्सिएकाे उहाँले बताउनुभयाे ।

एमालेको बढ्दो लोकप्रियतालाई कमजोर बनाउन परमादेशको माध्यमबाट एमलेलाई सरकारबाट हटाउने काम भएको स्मरण गर्दै महासचिव पाेखरेलले भन्नुभयाे – ‘त्यसको पीडा आज मुलुकले भोगिरहेको छ,आज संसद् संसद् जस्तो छैन, सरकार सरकार जस्तो छैन, अदालत अदालत जस्तो छैन, यस्तो किन भयो भने मुलुकलाई गलत बाटोमा लैजानुको परिणाम हो ।’

वर्तमान सरकारका कारण देशकाे अर्थतन्त्र इतिहासकै खराब अवस्थामा पुगेकाे पनि उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !