१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चुनावकाे मिति ताेक्न माग गर्दै राष्ट्रिय युवा संघले सिंहदरबार परिसरमा उडायाे कालाे बेलुन

प्रकाशित मिति :  २३ माघ २०७८, आईतवार ०८:३४


काठमाडाैं । नेकपा एमालेकाे भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सिंहदरबार परिसरमै कालाे बेलुन उडाएर प्रदर्शन गरेकाे छ ।

स्थानीय तह चुनावकाे मिति तत्काल घाेषणा गर्न माग गर्दै युवा संघले आइतबार दिउँसाे सिंहदरबार परिसरमा कालाे बेलुन उडाएर प्रदर्शन गरेकाे हाे । स्थानीय चुनावकाे मिति घोषणा गर्न र पेट्राेलियम पदार्थ लगायतमा गरिएकाे मूल्यवृद्धि फिर्ता लिनका लागि सरकारको ध्यानाकर्षण गराउन युवा संघले कालाे बेलुन उडाएर प्रदर्शन गरेकाे हाे ।

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवा संघकाे आन्दाेलनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । युवा संघका केही नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामा पक्राउ परेका छन् ।

स्थानीय तह चुनावको मिति तत्काल घोषणा गर्न माग गर्दै एमाले निकट जनसंगठनहरुले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

गिरफ्तार साथीहरुको तत्काल रिहाईकाे माग गर्दै अध्यक्ष किरण पाैडेलले भन्नुभयाे- ‘साथिहरुलाई तत्काल रिहाइ नगरे देश ब्यापीरुपमा शशक्त प्रतिबाद गर्नेछाैं ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !