२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनादेश र परमादेशकाे लडाईं सुरु भयाे – केपी ओली

प्रकाशित मिति :  २८ माघ २०७८, शुक्रबार १०:३७


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेश र परमादेशकाे लडाईं सुरु भएकाे बताउनुभएकाे छ ।

स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रुपमा उद्घाटन गर्दै अध्यक्ष ओलीले जनादेश र परमादेशकाे लडाईं सुरु भएकाे बताउनुभयाे ।

‘जनादेशमार्गी लाेकतन्त्र, जुन हामीले अपनाएका छाैँ र परमादेशमार्गी प्रतिगमनकारी षड्यन्त्रकाबीच वास्तविक लडाईं अब सुरु भएकाे छ,जनादेश र परमादेशबीचकाे जनअभिकत र परमादेशकाबीचकाे लाेकतान्त्रिक अभ्यास र षड्यन्त्रबीचकाे लडाईं अब सुरु भएकाे छ, म आग्रह गर्न चाहान्छु हामीले अन्त्यन्तै गम्भीरपूर्वक लिनुपर्छ,याे लडाईं वास्तविक लडाईं हाे,हामी मैदान प्रवेश गरिसकेका छाैँ ।’

आगामी चुनावमार्फत गलत प्रवृत्तिलाई पराजित गरिने उहाँले बताउनुभयाे । संगठनात्मक अराजकता,व्यक्तिगत स्वार्थ जस्ता प्रवृत्तिलाई पराजित गरेमात्र देश र जनताप्रति समर्पित सही पार्टी निर्माण गर्न सकिने उहाँले बताउनुभयाे । देशभक्त शक्तिलाई गाेलबन्द गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयाे ।

पार्टी विरुद्ध भइरहेका घेराबन्दीमाथि हामी आगामी स्थानीय चुनाव र त्यसपछि चुनावमार्फत निर्णायक प्रहार गरेर तिनीहरुलाई परास्त गर्नुपर्ने भन्दै उहाँले याे काम आफूहरुले मात्र गर्न सक्ने बताउनुभयाे । आगामी चुनाव एमालेले एक्लै लड्ने र एक्लै बहुमत ल्याउने पनि उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले अबकाे चुनावका लागि चार वटा विषयमा पार्टी केन्द्रित रहने बताउनुभयाे । तोकिएकै मितिमा निर्वाचन गराउने, ०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा गराउनमा पनि विशेष ध्यान दिने, जनतालाई भ्रममा पार्ने, अन्योलमा पार्ने परमादेशवादीका प्रयास असफल पार्नेतर्फ ध्यान दिने र स्थानीय तहका परिणामलाई देशभत्ति, लोकतन्त्र र संविधानको वास्तविक कार्यन्वयनको पक्षमा पार्न विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले यीनै चार कामहरुलाई नै विष बनाएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताए । उनले भने, ‘यिनै विषयलाई लिएर हामी प्रशिक्षण कार्यक्रमहरु संञ्चालन गर्ने उहाँकाे भनाइ छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !