२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अन्तत टेबल भयाे एमसीसी

प्रकाशित मिति :  ८ फाल्गुन २०७८, आईतवार ०८:४७


काठमाडाैं । अन्तत: मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झाैता प्रतिनिधि सभामा पेस भएकाे छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे विराेध र सत्ता गठबन्धनकै सांसद्काे नाराबाजीबीच सरकारले आज बसेकाे प्रतिनिधि सभामा एमसीसी सम्झाैता टेबल गरेकाे हाे । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता (एमसीसी) टेबुल गर्नुभएकाे हाे ।

सधैंझै एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले सदनकाे कार्यसूची अगाडि बढाउनुभएकाे थियाे । सभामुखले एमसीसी टेबल गर्नका लागि मन्त्री कार्कीलाई समय दिँदा सत्ता पक्षकै सांसद्हरु राष्ट्रिय जनमाेर्चाकी सांसद् दुर्गा पाैडेल,एकीकृत समाजवादीका झलनाथ खनाल,नेमकिपाका प्रेस सुवाल लगायतले आ-आफ्नाे ठाउँबाट उठेर विराेध गरेका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !