४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दबाबमूलक सरसफाई अभियानको छैठौँ दिन : ललितपुरमा पनि युवा संघको सरसफाई अभियान

प्रकाशित मिति :  ४ भाद्र २०७९, शनिबार १४:१०


काठमाडौँ – दबाबमूलक सरसफाई अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपालले शनिबार ललितपुरको लगनखेल क्षेत्रको फोहर संकलन गरेको छ । जिल्ला कमिटी ललितपुरको व्यवस्थापनमा संघले आयोजना गरेको उक्त अभियान अन्तर्गत पाँचौँ दिन लगनखेल क्षेत्रको फोहर संकलन भएको हो ।

यससँगै राष्ट्रिय युवा संघ नेपालले ललितपुर जिल्लामा पनि सरसफाई अभियानको थालनी गरेकाे छ ।                     पछिल्लो समय राष्ट्रिय युवा संघ नेपालले सम्बन्धित निकायलाई नैतिक दबाब दिन काठमाडौँका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर संकलन गर्ने अभियान संचालन गरिरहेको थियो ।

काठमाडौँमा चुलिएको फोहरमैलाको विकराल समस्याविरुद्धको दबाबमूलक सरसफाई अभियान अन्तर्गत संघले पहिलो दिन अर्थात् सोमबार नयाँ बानेश्वर तथा पुरानो बानेश्वर क्षेत्रमा थुपारिएको फोहर संकलन गरेको थियो । त्यस्तै अभियानको दोस्रो दिन अर्थात् मंगलबार कालोपुलमा थुप्रिएको फोहर संकलन गरिएको हो । अभियान अन्तर्गत तेस्रो दिन चाबहिल–गौशाला क्षेत्रको फोहर संकलन गरिएको थियो र चौँथोँ दिन गोंगबु चोकको फोहर संकलन गरिएको हो । त्यस्तै संघले पाँचौँ दिन काठमाडौँको शान्तिनगर क्षेत्रको फोहर उठाएको थियो ।

फोहर संकलन कार्यक्रममा बोल्दै संघका अध्यक्ष किरण पौडेलले यस अभियानलाई निरन्तर संचालन गरिरहने जानकारी दिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !