६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

महेश बस्नेतका विरुद्ध भ्रम फैलाएको भन्दै नेकपा एमाले भक्तपुरको आपत्ति

प्रकाशित मिति :  १६ भाद्र २०७९, बिहीबार १५:०६


काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतका विरुद्ध भ्रम फैलाएको भन्दै नेकपा एमाले भक्तपुरले आपत्ति जनाएको छ ।

एमाले भक्तपुरले एक विज्ञप्ति जारी गरी भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका बस्नेतका विरुद्ध सामाजिक सञ्जालमा गरिएको भ्रामक र तथ्यहीन सामग्री प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपालको राजनीतिमा युवा पुस्तामा समकालीन मध्येका कुशल संगठक र लाखौँ युवाका प्रेरणाका श्रोत बस्नेतको राजनीतिक सक्रियताबाट विचलित केही अराजक व्यक्ति र संगठनले राजनीतिक अपराधीहरूबाट सामाजिक सञ्जालमा सुनियोजित रूपमा प्रेषित दूषित समाचार प्रति खेद व्यक्त गर्दछु’, एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा हारको मानसिकताबाट ग्रसित भई तिलमिलाएका अराजक समूहको विक्षिप्तताको प्रमाण स्वरूप सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने कार्य गरिएको भन्दै एमालेले निन्दा गरेको छ । यस्ता कपोलकल्पित समाचारमा विश्वास नगरी त्यसको प्रतिवाद गर्न एमाले भक्तपुरले आग्रह गरेको छ ।

अराजक व्यक्ति र दिन प्रतिदिन कमजोर बन्दै गएका संगठनले एमालेसँग राजनीतिक प्रतिस्पर्धा गर्न नसक्ने भएपछि नेतृत्वको दुष्प्रचारमा लागेको विज्ञप्तिमा उल्लेख छ । यसका विरुद्ध पार्टी कार्यकर्ता र जनसमुदायले सचेततापूर्वक आआफ्नो तहबाट सशक्त प्रतिरोध गर्न पार्टीले आग्रह गरेको छ । साथै आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ ।

माओवादीका कार्यकर्ताले सिन्धुपाल्चोकमा माओवादी बिचकै आन्तरिक झडपको भिडियो सामाजिक सञ्जालमा राखी वाईसीएलले महेश बस्नेतलाई खेद्यो भन्दै अफवाह फैलाउने काम गरिएको थियो । जसको सर्वत्र आलोचना भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !