६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी निकट संगठन र महासंघकाे प्रथम अधिवेशन असफल

प्रकाशित मिति :  ३० भाद्र २०७९, बिहीबार १६:३५


काठमाडाैं । माओवादी केन्द्र निकट चार महासंघ र एक संगठनकाे प्रथम महाधिवेशन असफल भएकाे छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रमुख अथिति रहेकाे महाधिवेशन असफल भएकाे हाे ।

आज भएकाे उद्योग ब्यापार सहकार्य महासंघ, राष्ट्रिय उद्योग ब्यापार महासंघ, राष्ट्रिय उद्योग ब्यापार महासंघ(केन्द्र), नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन ,केन्द्रिकृत नेपाल उद्योग ब्यापार महासंघ प्रथम महाधिवेशन असफल भएकाे छ ।

प्रमुख अथितिका रुपमा महाधिवेशनमा पुग्नु भएका प्रचण्डले नेतृत्वकाे बलमा व्यक्तिवाद र परिवारवादलाई संगठनमा ठाउँ दिन खाेजे पछि संगठनहरुकाे महाधिवेशनले पूर्ण रुप लिन सकेन ।

‘संगठनकाे मुख्य नेतृत्व नै संकिर्ण भएका ब्यक्तिहरुको कारण लाख कोसीस र त्याग गर्दा समेत संगठनलाई एकिकृत बनाउँन सकिँएन’ महाधिवेशनमा सहभागि एक संगठन नेताले सनराइज खबरलाई बताउनु भयाे ।

‘एउटा संगठन र चार महासंघकाे अधिवेशनमा महासंघ बाहिर रहेका पारिवारीक पात्र हुँ भन्ने ब्यक्तिहरुलाई पार्टी नेतृत्वले संगठनमा ठाउँ दिन खाेजेपछि महाधिवेशन सम्पन्न हुने आश निरासामा परिणत हुन पुग्याे’ उहाँले भन्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !