५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

किर्तिपुर रंगशाला निर्माणमा भ्रष्टाचार, पूर्व मेयरलाई अख्तियारमा उजुरी

प्रकाशित मिति :  २० आश्विन २०७९, बिहीबार १४:१६


काठमाडौं । किर्तिपुर रंगशाला निर्माणमा भ्रष्टाचार भएको खुलेको छ ।

नगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेश महर्जनको कार्यकालमा रंगशाला निर्माणमा चरम भ्रष्टाचार भएको खुलेको हो ।

महर्जनको पालामा बिना अध्याय रंगशाला निर्माण अगाडि बढाउनु साथै पुरुवा माटो माथि बिना डिपिआर पर्खाल बनाएको खुलेको छ ।

रंगशाला निर्माणका लागि पहिलो दुई करोड बढीको रकम भुक्तानी गरेको र पछिल्लो पटक उपभोक्ता समिति मार्फत एक करोड बढीको काम आफ्नै नातेदार मार्फत गराएको खुलेको छ ।

रंगशालामा काम भने केही नभएको देखिन्छ । डिपिआरलाई पनि पानीले बगाएर बिगारेको अवस्था छ ।

हाल नगरपालिकाले छानबिन समिति बनाए पनि छानबिन समितिले निकालेको रिपोर्ट गोप्य राखिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको र अख्तियारद्वारा सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको आयोगका एक अधिकारीले बताउनुभयो ।

नितिगत भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई नेकपा एमालेले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार सिफारिस गरेकोमा एमालेका स्थानीय नेताहरु समेत असन्तुष्टि जनाउँदै आएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !