१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ज्यानको बाजी थापेर नागरिकको सेवामा समर्पित भई देश भर चर्चा कमाएका प्रसाईं चुनाबी मैदानमा

प्रकाशित मिति :  २९ आश्विन २०७९, शनिबार ०६:११


हरिवन । डिजिटल मेयर भनेर देसभर चर्चा कमाएका विकास प्रेमी गणेश प्रसाद प्रसाई फेरी अहिल्यै चुनावी मैदानमा हुनुहुन्छ । उँहा नेकपा एमालेबाट सर्लाही निर्वाचन क्षेत्र नंं ३ क को उम्मेदवार बन्नुभएको छ ।

आफ्नो कार्यकालमा हरिवन नगरपालिकालाई नेपालकै उत्कृष्ट नगर बनाउन सफल प्रसाईंलाई त्यतिबेला सबैले मेयर हुन् त गणेश प्रसाई जस्तो भन्ने गर्थे ।

कोभिडको बेलामा ज्यानको बाजी लगाएर नागरिकको सेवामा समर्पित भई देश भर चर्चा कमाउनुभएका सर्लाही हरिवनका गणेशप्रसाद प्रसाईं अहिले प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

नेकपा एमालेबाट प्रसाईं सर्लाही निर्वाचन क्षेत्र नंं ३ क को उम्मेदवार बन्नुभएको छ । सर्लाहीको हरिवन नगरपालिकाको प्रमुख हुँदा कोभिडको समयमा बिरामी परेका जनताको घर घरमा औषधि र खाद्यान्न बोकेर आफैँ पुगी प्रसाईंले सेवा गर्नुभएको थियो । कोभिडको बेला सबैले भन्ने गर्दथे ‘मेयर हुनु त गणेश प्रसाईं जस्तो ।’

तिनै गणेश प्रसाईं अहिले प्रदेश सभा सदस्यको चुनावी मैदानमा हुनुहुन्छ । आफूलाई सर्लाहीको निर्वाचन क्षेत्र नं ३ प्रदेश क का जनताको आसिरवाद र सद्भाव रहेको प्रसाईँ बत्ताउनुहुन्छ । जनताकै आसिरवादले पाँच वर्ष नगरपालिका प्रमुख भएर सेवा गरेको र पुनः प्रदेश सभा सदस्य भएर सेवा गर्ने इच्छा रहेको उहाँले बताउनुभयो ।

अहिले सर्लाहीमा पार्टी जनता खोज्दै होइन जनता पार्टी खोज्दै आउने अवस्था रहेको भन्दै उहाँले खुसी व्यक्ति गर्नुभयो । यसको पार्टीले सम्मान गर्ने उहाँले बताउनुभयो । मनोनयन दर्ता गराउने बेलामा जनता पार्टी खोज्दै आएर भएको उपस्थितिले आफूलाई उत्साहित बनाएको उहाँले बताउनुभयो ।

सर्लाहीमा जनता समाजवादी पार्टी (सजसपा)सँग तालमेल गरेर एमाले चुनाव लड्दै छ । क्षेत्र नं ३ मा प्रतिनिधि सभा तर्फको टिकट एमालेका हरिप्रसाद उप्रेतीले पाउनु भएको छ भने प्रदेशको एउटा एमाले र अर्को जसपाले पाएको छ । एमाले र जसपाका उम्मेदवारका सामु क्षेत्र नं ३ मा अन्य दलका उम्मेदवार फिक्का भएका उहाँले बताउनुभयो । ‘नेकपा एमाले र जसपा नेपालले दिएको उम्मेदवारीको अगाडि अन्य दलका उम्मेदवार तुलना गर्नुस्, जनतालाई तुलना गर्ने स्वतन्त्रता छ’, उहाँले भन्नुभयो ।

प्रसाईंले एमाले र जसपाले अहिले दिएका उम्मेदवारलाई विगतका अन्य पार्टीका उम्मेदवार र अन्य पार्टीले अहिले दिएका उम्मेदवारसँग पनि तुलना गरेर हेर्न आग्रह गर्नुभयो । दुवै पार्टीमा देश र जनताको लागि केही गर्नुपर्छ भन्ने उम्मेदवार रहेका उहाँले प्रष्ट पार्नुभयो ।

एमाले र जसपाको तालमेलले इमानदारितापूर्वक काम गर्ने पनि उहाँले बचन दिनुभयो । ‘विकास र निकास दुवै कुराको लागि यो तालमेल हो, हामी एकतापूर्ण ढंंगले अगाडि बढ्ने छौँ, राजनीतिक दल माथि लागेको आरोप हामी हाम्रो कर्मले चिर्ने छौँ’, उहाँले भन्नुभयो ।

आफूहरूले जनताको सिर निहुरिने गरी काम नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हामी देश र जनताको सिर नझुक्ने गरी काम गर्ने छौँ, जनताका भावना समेट्ने छौँ, जनताको विश्वासलाई कहिल्यै धोका दिने छैनौँ, हिजो जसरी काम गरेका थियौँ, भोलिको दिनमा पनि त्यसै गरी जनताको सेवक भएर काम गर्ने छौँ’, प्रसाईंले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !