१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देश बनाउने जिम्मा बाेक्न तम्मतयार रहेकाे छु- केपी शर्मा ओली

प्रकाशित मिति :  २ कार्तिक २०७९, बुधबार १३:००


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आफूलाई थला पराेस् भन्नेहरुलाई कडा जवाफ दिनुभएकाे छ ।

गृह जिल्ला झापाकाे दमकमा बुधबार आयाेजित एमाले निर्वाचन अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले थला पार्नुपर्नेहरुलाई थला नपार्दै आफू थला नपर्ने बताउनुभयाे ।

विभिन्न सञ्चारमाध्यममा आफ्नाे अस्वस्थ भएकाेबारे आएका समाचारप्रति संकेत गर्दै उहाँले त्यसाे भन्नुभएकाे हाे । आफू अझै बुढाे नभएकाे र देश बनाउने जिम्मा बाेक्न तम्मतयार रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘हिजाे एकछिन अलि सन्चाे भएन,अब केपी ओली थलापर्‍याे भन्ठानेहाेलान्,एकछिन प्राेगाममा ननिस्केपछि केपी ओली थला पर्‍याे भन्ठानहाेलान्, तर पहिल्यै थला पार्नुपर्नेहरुलाई थला पारेपछि मात्र अरु कुरा हुन्छ, अहिले म थला पर्नेवाला छैन,थला पार्नेहरुलाई थला पारेपछि, तिनीहरुकाे ढाड सेकेपछि बल्ल बुढ्याैती लाग्छ कि, अहिले बुढ्याैती लागेकाे छैन ।’

अध्यक्ष ओलीकाे सचिवालयका अनुसार मंगलबार दिउँसाे गृह जिल्ला पुग्नुभएका ओलीले नेता-कार्यकर्तासँग भेटघाट गर्नुभयाे । सामान्य रुघाखाेकी लागेकाले साँझका लागि निर्धारित कार्यक्रममा जानुभएन । किनकी अर्काे दिन अर्थात आज बुधबार धेरै कार्यक्रम रहेकाले उहाँले आराम गर्नुभयाे ।

साे विषयलाई लिएर केही सञ्चारमाध्यममा ज्वराे लगायत समस्याका कारण केपी ओली अस्वस्थ भन्ने समाचार प्रकाशित भयाे । तर सञ्चारमाध्यममा भनिएजस्ताे समस्या भने उहाँमा थिएन । बुधबार बिहानैदेखि अध्यक्ष ओली सधैंझैं कार्यक्रम दमदार रुपमा सक्रिय हुनुभयाे र दमदार भाषण पनि गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !