१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चुनावपछि सत्ता गठबन्धन पत्तासाफ – केपी शर्मा ओली

प्रकाशित मिति :  २ कार्तिक २०७९, बुधबार १३:१३


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि सत्ता गठबन्धन पत्तासाफ हुने बताउनुभएकाे छ ।

गृह जिल्ला झापाकाे दमकमा बुधबार आयाेजित एमाले निर्वाचन अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे – ‘मंसिर ४ काे चुनावमा गठबन्धनलाई पत्तासाफ गर्नुपर्छ, एमालेकाे नेतृत्वमा सरकार बनाउनुपर्छ ।’

एमालेले प्रतिनिधि सभातर्फ १ सय ५० सिट जित्ने उहाँले बताउनुभयाे । प्रत्यक्षतर्फ कम्तिमा १०० र समानुपातिकमा ५० सिट जित्ने अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘हामी मिसन १५० मा छाैं, यसपटककाे प्रतिनिधि सभामा एमालेले १ सय ५० सिट कम्तिमा जित्नेछ, कुनै गठबन्धनका छेस्काछेस्कीले एमालेलाई छेक्नेवाला छैन ।’

एमाले वचनकाे पक्का पार्टी भएकाे भन्दै अध्यक्ष ‌ओलीले झापामा राप्रपा र अन्य ठाउँमा तालमेल गरेका ठाउँमा जसपाका उम्मेदवारलाई भाेट दिन नेता कार्यकर्तालाई निर्देशन दिनुभयाे ।

अहिलेकाे सरकारकाे आयु एक महिनामात्र भएकाे रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । गठबन्धन सरकारकाे दिनगन्ती सुरु भएकाे उहाँले बताउनुभयाे । देश बिगारेकाे दण्ड गठबन्धनवालाहरुलाई दिनुपर्ने र देश बनाउन एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयाे ।

एमालेसँग सहकार्य गर्ने दलहरुकाे भविष्य राम्राे रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । यसपटककाे चुनावमा राप्रपालाई राष्ट्रिय पार्टी बनाउने र राष्ट्रिय पार्टी रहेकाे जसपाकाे अस्तित्व जाेगाउने जिम्मा एमालेले लिनेपनि उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘एमालेसँग टक्कर लियाे कि गयाे ।’

देश र जनताले एमाले आहाेस् देश विकास गराेस् भन्ने साेचिरहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !