१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इतिहासकाे गाैरवगाथा मात्र हाेइन वर्तमानकाे विकास पनि हेरेकाे छु-केपी शर्मा ओली

प्रकाशित मिति :  ३ कार्तिक २०७९, बिहीबार १३:१६


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वसामु नेपालकाे शीर उचाे बनाउने काम आफूले गरेकाे बताउनुभएकाे छ ।गृह जिल्ला झापामा बिहीबार भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले जनताकाे प्रतिनिधि चुनिएपछि आफूले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिका लागि कैयाैं काम गरेकाे बताउनुभयाे । आगामी दिनमा पनि देश र जनताकाे शीर उचाे बनाउनेगरी काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयाे ।

झापाका हरेक नेता-कार्यकर्ता आफ्ना प्रतिनिधि भएकाे भन्दै अध्यक्ष ओलीले चुनाव प्रचारका लागि आफू नै लाग्न नपर्ने समेत बताउनुभयाे । आफूले देशकाे शीर उठाउने मात्र नभएर इतिहासकाे गाैरवगाथा कायम गरेकाे, वर्तमानकाे विकास हेरेकाे र सुन्दर भविष्यकाे चित्र पनि काेरेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे- ‘मैले जे काम गरेकाे छु, विश्वमा नेपाललाई जसरी प्रस्तुत गरेकाे छु, नेपालकाे शीर उठाएकाे छु, मैले इतिहासकाे गाैरवगाथा मात्र हाेइन वर्तमानकाे विकास पनि हेरेकाे छु, सुन्दर भविष्यकाे चित्र पनि काेरेकाे छु, समृद्ध नेपाल सुखी नेपालीकाे सपना मात्र हाेइन त्यसकाे खाका पनि काेरेकाे छु ।’जनप्रतिनिधि भएपछि गरेकाे वाचा आफूले पूरा गरेकाे भन्दै अध्यक्ष ‌ओलीले एक-एक भाेटकाे आफूले सम्मान गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘देशका लागि के गरेँ भन्ने मैले भनिरहँन पर्दैन, तपाइँहरुप्रति म ऋणी छु, हरेक भाेट सधैं सम्झिएर इमान्दारितासाथ काम गरेकाे छु, नेपालकाे इज्जत बढाउने काम गरेकाे छु, विजयी हुनासाथ मैले भनेकाे थिएँ – नाकमा कालाे लाग्न दिन्नँ, शीर निहुरिन दिन्नँ, फलानाे हाम्राे प्रतिनिधि भन्दा घाेसे मुन्टे लाउनुपर्ने अवस्था आउन दिन्नँ, तपाइँहरुकाे शीर उचाे बनाउनेछु, देशकाे शीर उठाउनेछु, मैले त्यहि अनुसार काम गरेकाे छु ।’

आफूले सरकारमा छँदा हाेस् या जनप्रतिनिधिका हिसाबले देश र जनताका लागि काम गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘तपाइँहरु (झापाबासी) कै कारण छाेटाे समय देशकाे नेतृत्व गर्ने माैका पाएँ, यहाँबाट छानेर नपठाउनुभएकाे भए पार्टीकाे बहुमत आएपनि मैले प्रधानमन्त्री चलाउन पाउने थिएनँ, म प्रधानमन्त्री भएपछि झापा, दमक, कमल विश्वमा चिनिएकाे छ,विश्वमञ्चमा नेपालकाे सहभागिता बाक्लिएकाे छ ।’

अहिले विश्वकाे ध्यान आफ्नाे निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर-५ मा रहेकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘आज पनि विश्वकाे ध्यान यस निर्वाचन क्षेत्रमा छ,काेही केपी ओलीलाई हराएर छाेड्नुपर्छ भनेर देशी विदेशी शक्तिले गठबन्धन गरिरहेका छन्,एक जना साथीले अघि भन्नुभयाे- विदेशी पहिरन लगाएका छन्, पहिरन मात्रै भइदिएकाे भए त हुन्थ्याे यिनीहरुकाे त मनै विदेशी छ ।’केपी ओलीलाई अर्थात एमालेलाई हराउनुपर्छ भन्ने तत्वहरु देश बन्न नदिनका लागि लागिपरेका समेत अध्यक्ष ओलीले बताउनुभयाे । देशमा राेजगारीकाे व्यवस्था गर्नुकाे सट्टा नेपाली युवालाई फ्री भिसा-फ्री टिकटकाे आवश्वासन देखाएर देश विराेधी तत्वहरुले युवाहरुलाई विदेश पठाउन खाेजेका उहाँले बताउनुभयाे । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता कृष्णकुमार श्रेष्ठकाे अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष ओलीले त्यसाे भन्नुभएकाे हाे ।

उहाँले भन्नुभयाे – ‘देश बन्न नदिन, शान्ति-सुवस्था हुन नदिन, अमन चयन हुन नदिन त्यस्ता तत्व लागिरहेका छन्, देशले सुशासन नपाहाेस्, देशले विकास नगराेस्, याे देशका मान्छे सस्ताे श्रम बेच्न विदेश जाउन भन्ने चाहान्छन् यी तत्व, देशमा खान नपाउँन, राेजगारी नपाउँन भनिरहेका छन्, त्यसैले उनीहरु फ्री-भिसा र फ्री-टिकट दिन्छाैं भनिरहेका छन्, के का लागि ? केका लागि भने विदेशमा गएर ५० डिग्रीकाे तापक्रममा काम गर्नका लागि, युवाहरुले पठाएकाे रेमिटेन्स्बाट लुटपाटकाे राज चलाउन फ्री भिसा जस्ता अभियान चलाइरहेका छन्, यसरी युवाहरुलाई ढाँटिरहेका छन्, गर्ने पनि हाेइन, भिडियाे देख्नुभएहाेला बारा-४ मा पनि तमासा गरिरहेका छन् ।’काेभिड महामारीबीच पनि आफू नेतृत्वकाे सरकारले जनताकाे जीवनरक्षा र विकास निर्माणलाई सँगसँगै अघि बढाएकाे उहाँले स्मरण गर्नुभयाे ।काेभिड परीक्षण गर्ने एउटा ल्याव नभएकाे अवस्थाबाट महामारीकाे सामना गर्दै आँकलन गरिएभन्दा कम क्षतिमै संक्रमण राेक्न आफूहरुले गम्भीर भएर काम गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

विदेशबाट आएकालाई आइसाेलेशन र क्वारेन्टिनकाे व्यवस्था देखि संक्रमितकाे मनाेबल बढाउन मनाेवैज्ञानिक उपचार समेत आफूहरुले गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘२ वर्ष काेभिडले हैरान पार्दा पनि हामीले विकसित देशले भन्दा धेरै नागरिक बचाऔं, सुरुमा ल्याव नभएर स्वाब परीक्षण गर्न हङकङ पठाउनुपरेकाे थियाे, हामीले सयाैंकाे संख्याामा प्रयाेगशाला स्थापना गर्‍याैं, विदेशबाट फर्किएका देशबासी बचाउन आइसाेलेशन र क्वारेन्टिनकाे व्यवस्था गर्‍याैं, परम्परागत औषधि र आयुर्वेदकाे प्रयाेगमा जाेड दियाैं, मनाेवैज्ञानिक उपचार पनि गर्‍याैं, नेपालीकाे राेगप्रतिराेधात्मक क्षमता असाधारण क्षमता छ, आफ्नै देशका जडिबुटी खानुपर्छ भन्याैं, बेसार खाउ भन्दा धेरैले मजाककाे विषय बनाए, तर पछि डाक्टरहरुले समेत याे ठिक भनेँ, बेसारले औषधिकाे काम गर्‍याे, जनताकाे मनाेबल खस्कन नदिनँ मैले हाैसला दिएँ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !