२७ श्रावण २०८३, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेरो आदारणिय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई: रामकुमारी झाँक्री

प्रकाशित मिति :  23 November, 2022 8:07 am


काठमाडाैं । नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टसँग पराजित भएपछि एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले बिष्टलाई बधाई दिँदै लेखेकी छन् :-

यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ।यो साडे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ। डर लाग्दो छ।

जय र पराजय सामान्य प्रक्रिया हुन। मैले अत्यन्तै सहज रूपमा लिएको छु। मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू। गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू,संवयम सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु।

साथै यो निर्वाचनमा विजयी मेरो आदारणिय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु।


0
Shares

प्रतिक्रिया दिनुहोस !