ओली र प्रधानमन्त्री दाहाल बिच भेटवार्ता
प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार ०४:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच शुक्रबार बिहानै भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बिहान बालुवाटार पुग्नुभएको थियो ।
छलफलमा सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार तथा अन्य राजनीतिक दललाई सरकारमा सहभागी गराउने विषयमा दुई नेता बिच छलफल भएको छ ।
यसै गरी सत्ता गठबन्धनका दल बिच पद बाँडफाँडको विषयमा समेत छलफल भएको छ । बिहीबार सत्ता गठबन्धन दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका शीर्ष नेता बिच पाँच दिन भित्र सरकारका न्यूनतम साझा कार्यक्रम तयार गर्ने सहमति भएको थियो ।
0
Shares