२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मधेसका नवनिर्वाचित प्रदेश सभा सदस्यले आझ पद तथा गाेपनियताकाे शपथ लिँदै

प्रकाशित मिति :  १५ पुष २०७९, शुक्रबार ०४:४१


काठमाडाैं । मधेस प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यले आझ पद तथा गाेपनियताकाे शपथ लिँदै छन् ।

मधेश प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपाने (७१) ले दिउँसाे २ बजे १ सय ६ जना सदस्यलाई आज शपथ ग्रहण गराउनुहुने प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रसँग बिहीबार ज्येष्ठ सदस्यकाे शपथ लिनुभएका न्याैपानेले आज प्रदेश सभाका बाँकी सदस्यलाई शपथ गराउन लाग्नुभएकाे हाे । सभामुख र उपसभामुख चयन नहुँदासम्म न्याैपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेश सभाको अध्यक्षता गर्नुहुनेछ ।

१०७ सदस्य रहेकाे मधेस प्रदेश सभामा नेकपा एमालेबाट प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सांसद् छन् । कांग्रेसबाट प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२, जसपाका प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३, लोसपाका प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९, माओवादी केन्द्रका प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सांसद् छन् ।

एकीकृत समाजवादीका प्रत्यक्षतर्फ ४ र समानुपातिकमा ३ गरी ७ जना सांसद् छन् । राप्रपा, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १-१ जना समानुपातिक सांसद् छन् । ६ जना स्वतन्त्र सांसद्ले पनि मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्दैछन् ।

प्रदेश प्रमुख मिश्रले बिहीबार नै मधेस प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि बाेलाउनुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !