१ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देउवा र माधव नेपालको योजना असफल

प्रकाशित मिति :  ५ माघ २०७९, बिहीबार ०८:४५


काठमाडौं । गठबन्धन भित्रका दललाई फुटाएर आफ्नो पक्षमा लैजाने देउवा र माधव नेपालको योजना असफल भएको छ ।
यो सँगै नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा र माधव नेपालको सत्ता गठबन्धन फुटाउने प्रयास फेरी एक पटक असफल भएको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विश्वासको मत दिने दलको सर्वदलीय बैठकमा जसपाका नेता अनुपस्थित भएपछि देउवा र नेपाल हौसिनु भएको थियो । बैठकमा माधव नेपालले हौसिँदै तपाईँको गठबन्धन दल जसपाका उपेन्द्र यादवजीलाई त देख्दिन भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

सर्वदलीय बैठकमा समेत अनुपस्थित भएपछि जसपा विपक्षी गठबन्धनमा उभिएको आशंका गरिएको थियो । तर बिहीबार प्रतिनिधि सभा बैठकमा सबै आशंकालाई दूर गर्दै जसपा गठबन्धनको पक्षमा उभिएको छ । देउवा र नेपालको सत्तामा खेल्ने स्वार्थलाई एक पटक पुनः धुलोमा मिलाइदिएको छ ।

सत्ता गठबन्धनबाट सभामुखका उम्मेदवार बन्नुभएका देवराज घिमिरेलाई जनता समाजवादी पार्टी (जसपा) ले पनि मतदान गर्ने भएको छ । गठबन्धनमा रोजेको मन्त्रालय नपाएको भन्दै रुष्ट बनेको जसपाले सभामुखको निर्वाचनमा भने गठबन्धनकै उम्मेदवारलाई मतदान गर्ने जनाएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै जसपा सांसद प्रकाश अधिकारीले एमाले उम्मेदवार घिमिरेलाई समर्थन गर्ने बताउनु भएको हो । जसमा मागेको मन्त्रालय नपाएको भन्दै सरकारमा समावेश भएको छैन ।

सभामुखको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनले जसपाले आफ्नो उम्मेदवारलाई मतदान गर्ने दाबी गर्दै आएको थिए । सभामुखको निर्वाचनमा सत्ता गठबन्धनमै रहने वा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा सामेल हुने भन्ने विषयमा भएको छलफल पछि जसपाले एमालेका घिमिरेलाई नै मत दिने निर्णय गरेको छ ।

जसपालाई सत्ता गठबन्धनबाट बाहिर ल्याउने नेपाली कांग्रेस र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको प्रयास फेरी एक पटक असफल भएको छ । जसपा असन्तुष्टिका बिच पनि सत्ता गठबन्धनकै पक्षमा उभिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !