१० चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फागुन १३ गते राष्ट्रपतिकाे उम्मेदवार टुंगाे लाग्छ – केपी शर्मा ओली

प्रकाशित मिति :  19 February, 2023 11:46 am


.

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने प्रष्ट पार्नुभएकाे छ ।

पार्टी निकट नेपाल खेलकुद महासंघकाे दाेस्राे राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आइतबार विराटनगर पुग्नुभएका अध्यक्ष ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै एमालेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने बताउनुभयाे ।

उहाँले फागुन १३ गते राष्ट्रपतिकाे उम्मेदवार टुंगाे लगाइने दाबी पनि गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘हामीले जसलाई उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ, अहिलेको समीकरण जन्मँदा त्यसको जन्मकुण्डलीमा नै लेखेर आएको छ, त्यसमा माओवादीले साथ नदिने भन्ने कुरै हुँदैन ।’

राष्ट्रपतिमा आफूलाई उम्मेदवार बनाउने भनेर आएका समाचार रमाइलाेका लागि मात्रै भएका समेत उहाँले बताउनुभयाे ।अध्यक्ष ओलीले राष्ट्रपति चुनावलाई लिएर अहिलेको सत्ता समीकरण तलमाथि नहुने पनि प्रष्ट पार्नुभयाे । आफूले अहिलेसम्म काे राष्ट्रपति बन्छ भनेर नाम नलिएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘फागुन १३ गते नै नाम थाहा हुनेछ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !