सरकारबाट बाहिरियाे एमाले
प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ०८:२८
काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले बताउनु भयाे ।
0
Shares