अनेरास्ववियु आर.आर. क्याम्पस कमिटी संयोजकमा लाेकेश खड्का
काठमाडाैं । अनेरास्ववियु आर.आर. क्याम्पस आयाेजक कमिटीकाे संयोजकमा लाेकश कुमार खड्का सर्वसम्मत चुनिनु भएकाे छ ।
आज क्याम्पसमा क्याम्पस कमिटी अध्यक्ष मदन भण्डारीकाे अध्यक्षतामा बसेकाे पूर्ण पदाधिकारी बैठकले खड्कालाई जिम्मेवारी दिएकाे हाे ।
अध्यक्ष मदन भण्डारीले काठमाडाैं जिल्ला क्याम्पस कमिटीकाे सचिव पदमा रहनुभएकाले खड्कालाई जिम्मेवारी सुम्पिएकाे बताउनु भएकाे छ ।
त्यस्तै बैठकले सहसंयोजकमा अनिल बोहोरा र बिजन रेग्मीलाई चयन गरेकाे छ ।
आफ्नाे कार्याकाल विविध बाधा अड्चल आए पनि सफलताकाे साथ समापन गरेकाे दाबी गर्दै निवर्तमान अध्यक्ष मदन भण्डारीले राजनीतिमा नेतृत्व पुस्तान्तरण अत्यावश्यक रहेकाे र गर्नै पर्ने भएकाले आफूले ढिला नगरी क्याम्पस कमिटीलाई चलायमान बनाउन आयाेजक कमिटी गठन गरिएकाे बताउनु भयाे ।
त्यस्तै संयाेजक बन्नुभएका खड्काले क्याम्पसमा विद्यार्थीका माझ रहेर विद्यार्थीका समस्याकाे समाधानका लागि अझ खराे आवाज उठाउँदै क्याम्पसमा आएका तथा देखिएका बेथितीकाे अन्त्यका लागि लड्ने बताउनु भयाे ।
विद्यार्थी आन्दाेलनमा सधैं अग्रपंत्तिमा खडा रहनुहुने खड्का क्याम्पसमा विद्यार्थीमाझ एकदमै लाेकप्रिय मानिनुहुन्छ । केहि दिन अघि बसेकाे क्याम्पस कमिटी बैठकले भण्डारी र खड्कालाई क्याम्पसका तर्फबाट अनेरास्ववियुकाे २३ औं महाधिवेशन प्रतिनिधि समेत चुनेकाे छ । महाधिवेशन फागुन २ देखि ४ गते सम्म काठमाडाैंमा हुँदैछ ।
परिवर्तित कमिटीकाे नाम आजै क्याम्पस प्रमुख समक्ष बुझाएकाे छ ।