६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पत्रकार मिना विश्वकर्मा सम्मानित

प्रकाशित मिति :  २४ फाल्गुन २०७९, बुधबार १५:११


दमक । झापाकी पत्रकार मिना विश्वकर्मा सम्मानित हुनुभएको छ । उहाँलाई अनेमसंघ दमक नगरले नारी दिवसको उपलक्ष्यमा सम्मान गरेको हो ।

अनेमसंघको नगर सम्मेलन तथा नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा मिना सहित संघर्षशील १० जना महिलालाई सम्मानित गरिएको हो । सम्मानित हुनेमा मिना सहित श्री गुरुङ, लिला वराल, देवीमाया विक, सरिता माझी, सावि लिम्बु, प्रेमकुमारी श्रेष्ठ, हरिमाया दर्जी, रमा दर्नाल र कमला नेपाल हुनुहुन्छ । त्यसैगरी पत्रकार भूमिराज पराजुलीलाई पनि सम्मान गरिएको छ ।

उहाँहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख रोमनाथ ओलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । रोमनाथले नारी दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै सम्मानित व्यक्तित्वहरुलाई आफूले नजिकबाट चिनेको र भविष्यमा उहाँहरुले समाजका लागि अझ बढि योगदान गर्ने विश्वास आफूले लिएको बताउनुभयो ।

कार्यक्रममा पञ्चायतकालमा तत्कालीन मालेका नेता कार्यकर्तालाई भूमिगत बस्न सघाउने सेल्टरदाता फूलमाया धिमाल, सुशिला लामिछाने, सीता भण्डारी र चण्डिका ढकाललाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा अनेमसंघ नगर अध्यक्ष यमुना पोखरेलले नेपालका महिलाहरुको हक, हित अधिकारका लागि अनेमसंघ सदैव समर्पित रहुने बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य मेनुका काफ्लेले नेपालका महिलाहरुले आफूलाई सक्षम सावित गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अनेमसंघ नगर समितिका संस्थापकहरुलाई पनि सम्मानित गरिएको थियो । सम्मानित हुनेमा भक्तादेवी दाहाल, तिर्था उदास, गंगा सुवेदी, कुमारी राई, पम्फा दाहाल, गोमा खनाल, हिरा धिमाल, सावित्रा प्रसाईं लगायत हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !