९ पुष २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : पौडेल

प्रकाशित मिति :  २५ फाल्गुन २०७९, बिहीबार ०६:३१


काठमाडाैं  । राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल ( नेपाली कांग्रेस)ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताउनुभयो ।

उहाँले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ ।”


0
Shares

प्रतिक्रिया दिनुहोस !