८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली पत्रकारिताकाे गर्विलाे इतिहास…

प्रकाशित मिति :  ९ चैत्र २०७९, बिहीबार ०३:५५


-विक्रम के.सी-

अहिले नेपाल आधुनिक युगमा अघि बढिरहेकाे छ । नेपालका हरेक विकासक्रमा सञ्चार क्षेत्रकाे ठूलाे याेगदान रहेकाे मानिन्छ । नेपालमा पत्रिकाकाे सुरुवात कहिले भयाे ? नेपालमा पत्रकारीताकाे इतिहास कस्ताे छ ? यी प्रश्नकाे उत्तर धेरै पत्रकार नै अनुत्तरित छन् ।

नेपालकाे वर्तमान अवस्थालाई हेर्ने हाे भने नेपालमा पत्रकारिताकाे चासाे एकदमै बढि देखिएकाे छ । पत्रकारिता प्रति चासाे राख्ने तर यसकाे भयावह देखि सुरु भएर हालसम्म आउँदाकाे गर्विलाे इतिहासकाे खाका काेरेकाेपत्रकारिताका बारेमा कमैलाई थाहा छ ।

नेपालकाे पत्रकारिताले नेपालका विभिन्न कालखण्डमा धेरै आराेहअवराेह पार गरेकाे छ । निरंकुश राणा शाशनकाे काला रात, प्रजातान्त्रिक शाशन, पञ्चायति व्यवस्थाकाे कठाेर प्रशासन, बहुदलीय शासन व्यवस्था लागु भएसँगै हालसम्मकाे अवस्था । यी कालखण्डमा नेपाली पत्रकारिताले भाेगेका कुराहरु निकै  दर्दनाक र भयावह छन् । प्रजातन्त्रकाे उदयसँगै पिंजडामा राखिएकाे चरा आकाशमा पुगे जस्तै नेपाली पत्रकारीता क्षेत्र भएकाे थियाे । तर पञ्चायति व्यवस्था लागु भएसँगै फेरि नेपाली पत्रकारीताले कठाेर प्रशासनकाे सामना गर्नु परेकाे थियाे ।

नेपालकाे पत्रकारिता क्षेत्र निरन्तर विकासकाे क्रममा रहे पनि अझैं भने विकसित भइसकेकाे छैन । नेपाल २१ औं शताब्दिमा हिडिरहेकाे भनिएता पनि यहाँकाे शिक्षा प्रणाली र पत्रकारिता अझैं कतै पछि नै अल्झिएकाे हाे कि झैं भएकाे छ ।

नेपाली पत्रकारिताकाे इतिहास

वि.सं. १९०८ मा नेपालका राजा जंगबहादुर राणा बेतायत भ्रमणबाट फर्कँदा एउटा प्रेस लिएर आउनु भएकाे थियाे । साे प्रेस भित्रिएसँगै नेपालमा पत्रकारिताकाे गतिविधि हुनु थालेकाे हाे । जंगबहादुरले ल्याएकाे साे प्रेस जनतालाई सुचना प्रदान दिन चाहिँ उपयाेग गरिएन । त्यसबाट सरकारका कामकारबाहि छापेर अभिलेख गर्ने काम गरिएकाे थियाे ।

वि.स १९४३ मा भारतकाे बनारसमा नेपाली भाषामा एक पत्रिका प्रकाशित गरियाे । अध्ययनका लागि भारतकाे बनारस बस्दै आएका नेपाली युवा माेतिराम भट्टले ०४३ मा ‘गाेर्खा नेपाल भारत’ नामक पत्रिका प्रकाशित गरेकाे विश्वास छ । जसलाई नेपाली भाषाकाे पहिलाे पत्रिकाकाे रुपमा लिने गरिन्छ । त्यतिमात्र हाेइन नेपाली पत्रकारिताकाे प्रस्थान बिन्दु पनि त्यसैलाई मानिन्छ । (‘गाेर्खा नेपाल भारत’काे प्रकाशित मिति कतै कतै १९४५ मा भएकाे पनि उल्लेख छ ।)

माेतीराम भट्टले नेपाल फर्के पछि केहि साथिहरुलाई लिएर माेतिमण्डलीकाे स्थपना गरेका  थिए । साहित्य क्षेत्रमा रुचि भएका भट्टकाे साे मण्डलीले साहित्यिक पत्रिका प्रकाशित गर्ने भन्दा भन्दै १९५२ मा माेतीराम भट्टकाे निधन भयाे । त्यस पश्चात माेतीमाण्डलीका सदस्यहरुले नेपालमै वि.सं. १९५५ मा ‘सुधासागर’ नामक पत्रिका प्रकाशित गरे ।

वि.सं. १९५८ मा नेपालकाे जेठाे पत्रिकाका रुपमा गाेर्खापत्रकाे सुरुवात भयाे । उल्लेखित विभिन्न पत्रिकाबाट नै नेपाली पत्रकारिताकाे सुरु भएकाे मान्न सकिन्छ । गार्खापत्रकाे प्रकाशन पश्चात नेपालले पत्रकारिता क्षेत्रमा ठूलाे फड्काे मारेकाे मानिन्छ ।

१९५८ साल बैशाख २४ गते पहिलाे पटक प्रकाशित गरिएकाे गाेर्खापत्र नेपालकाे जेठाे पत्रिकाका रुपमा स्थापित छ । गाेर्खा पत्र तत्कालिन समय साप्ताहिक भए पनि वि.सं. २०१७ मा आइपुग्दा दैनिक पत्रिकाका रुपमा स्थापित भएकाे थियाे । वि.सं. २००२ देखि हप्ताकाे दुई दिन प्रकाशित गर्न थालिएकाे गाेर्खापत्र वि.सं.२००३ मा हप्ताकाे तीन दिन प्रकाशित गर्न थालिएकाे थियाे ।

वि.सं. २०१७ सालमा आइपुग्दा दैनिक पत्रिकाकाे रुपमा यसले आफूलाई स्थापित गर्‍याे । यसले दैनिक पत्रिका प्रकाशन गर्न थाल्याे ।

नेपाली पत्रकारिताकाे सुरुवात नेपाली भाषामा प्रकाशित पहिलाे पत्रिका ‘गाेर्खा नेपाल भारत’लाई लिएर हेर्दा १३०/१३२ वर्ष अघिकाे अनुमान लगाउन सकिन्छ । यसलाई नमानेर नेपाली माटाेमै प्रकाशित भएकाे पहिलाे पत्रिका ‘मधुसागर’बाट गन्ती गर्दा पनि १२३ वर्ष पुरानाे छ ।

नेपाली पत्रकारिता इतिहासकाे वर्गिकरण

नेपाली पत्रकारिताले विभिन्न कालखण्डकाे सामना गरिसकेकाे छ । निरंकुश राणा शासनकाे घाँटी निमाेठिएकाे अवस्था, प्रजातन्त्रले दिएकाे स्वतन्त्रताकाे अवस्था, पञ्चायतकालकाे कठाेर प्रशासन र कारबाहिकाे अवस्था, विभिन्न आन्दाेलन र ठक्कर, नेपालमा बहुदलिय शासन लागु गर्ने लडाईकाे अवस्था मात्र नभएर राजतन्त्र अन्त्यकाे लडाईंमा अग्रपंक्तिमा कलम चलाएकाे अवस्था र लाेकतन्त्र स्थपना पछिकाे याे कालखण्ड सम्म नेपाली पत्रकारिता आइपुगेकाे छ ।

यस्ताे छ वर्गिकरण:

१. गाेरखापत्रपूर्व काल (अन्धकार युग): वि.स. १९०८ देखि १९५८ सम्म

गाेरखापत्रपूर्व काल नेपालमा सुचनाकाे माध्यम पत्रिका थिएन । सुचना प्रदानका लागि ढाेल/झ्याली पिटेर, राँकाे बालेर, गायीनेलाई सारंगी बजाउन लाएर, धरहराकाे टुप्पाेबाट चिच्याएर/बाजा बजाएर जस्ता कुराबाट सुचना प्रशारण गरिन्थ्याे । पछि जंगबहादुर बेलायतबाट फर्किँदा प्रेस ल्याएसँगै पत्रकारिताकाे गतिविधि सुरुवात भयाे । माेतिराम भट्टले ‘गाेरखा नेपाल भारत’ नामक नेपाली भाषाबाट पत्रिका प्रकाशित गरे । त्य पश्चात उनैबाट प्रेरित भएर माेतीमण्डलीका सदस्यहरुले ‘सुधासागर’ साहित्यिक पत्रिका प्रकाशित गरे । पछि गाेरखापत्र प्रकाशित भएसँगै अन्धकार युगकाे अन्त्य भएकाे थियाे ।

२. गाेरखापत्र काल (प्रजातान्त्रकाे पूर्वसन्ध्याकाे युग): वि.सं. १९५८ देखि २००७ सम्म

गाेरखापत्रले नेपाली पत्रकारिता क्षेत्रलाई फड्काे मार्न ठूलाे याेगदान पुर्‍याएकाे छ । साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएकाे गाेरखापत्रले वि.सं २००७ साल सम्म आइपुग्दा दैनिक प्रकाशन गर्न थालेकाे थियाे । बिचमा राणा शासनका कारण पत्रिका प्रकाश हुन नसके पनि १९९० देखि प्रकाशन पुन: सुचारु भएकाे थियाे ।

३. प्रजातान्त्र काल (प्रजातान्त्रिक युग): वि.सं. २००७ देखि २०१७ सम्म

वि.सं. २००७ साल फागुन ७ गते राणा शासनकाे अन्त्य भइ नेपालमा प्रजातन्त्रका विहानी उदाउँना साथ नेपाली पत्रकारिता क्षेत्रमा पनि प्रगति देखिन थाल्याे । देशमा विभिन्न राजनीतिक दल मात्र खुलेनन् विभिन्न पत्रकारिता पनि प्रकाशित हुन थाले । ००७ चैत २० गते देखि नेपालमा रेडियाेले कार्यक्रम प्रशासण गर्न थालेकाे थियाे ।

४. पञ्चायत काल (पञ्चायती युग): वि.सं. २०१७ देखि २०४६ सम्म

२०१७ पुष १ गते राजा महेन्द्रले जननिर्वाचित  सरकारलाई अपदस्त गरेर मुलुककाे सम्मूर्ण सत्ता हातमा लिएर निर्दलिय पञ्चायती व्यवस्था लागु गरे । २००७ सालमा जनताले पाएकाे प्रकाशन, प्रशारण र अभिव्यक्तिमाथि पुरा बन्देज लगाइयाे । राजनीतिक दललाई अबैध घाेषणा गरियाे । सरकार विराेधी पत्रपत्रिका माथि पूर्ण बन्देज लगाइयाे । केहि छाप्नु परे सरकार सामु अनुमति लिनु पर्ने नियम लगाइयाे । पञ्चायती व्यवस्थाकाे पक्षमा हुनेलाई सरकारी सेवा सुविधा सहित विदेश भ्रमणकाे समेत माैका दिइयाे भने विराेधिलाई सजाय दिइयाे ।

यसै अवधिमा २०१८ मा राष्ट्रिय समाचार समितिकाे स्थापना गरियाे । दुई नीजि समाचार संकलन संस्थालाई एकीकरण गरेर राससकाे स्थापना र सरकारले आफ्नाे इच्छा अनुसार समाचार संकलन र वितरण गर्न लगाउन थाल्याे । २०२२ मा आमा नामक चलचित्र प्रदर्शन गरियाे । याे नेपालकाे पहिलाे चलचित्र हाे ।

२०२७ मा प्रेस काउन्सिल गठन गरियाे । २०३३ देखि त्रिभुवन विश्वविद्यालयमा प्रमाणपत्र स्तरमा पत्रकारिता विषय समावेश भयाे ।

२०३६ सालमा पाकिस्तानका पूर्व प्रधानमन्त्री जुल्फीकार अलि भुट्टाेलाई जनरल जियाकाे सरकारले मृत्यु दण्ड दिएकाे कुरा नेपालमा धेरै फैलियाे । काठमाडाैंका क्याम्पस पढ्ने विद्यार्थी हत्याकाे विरुद्धमा पाकिस्तानी राजदुतावास विराेध पत्र बुझाउँन जाँदा प्रहरीले राेक्याे र विद्यार्थी र प्रहरीबीच ठूलाे हुलदंगा समेत भयाे । त्यस पश्चात काठमाडाैंमा विद्यार्थीकाे सडक आन्दाेलन झनले दिनदिनै काठमाडाैका सडक तात्दै गयाे । विद्यार्थीकाे भिडले गाेरखापत्र संस्थानमा आगाे लगायाे ।

२०३६ जेठ तीन गते राजा वीरेन्द्रले जनमत संग्रहकाे घाेषणासँगै आन्दाेलन केहि साम्य भयाे । त्यस पश्चात राजनीतिक दल खुलेर कार्यक्रम गर्न र बन्द पत्रपत्रिकाहरु प्रकाशित हुन थाले । यस अवधिमा झण्डै ३५० पत्रपत्रिका प्रकाशित भएकाे मानिन्छ ।

२०४२ देखि नेपाल टेलिभिजनकाे युगमा प्रवेश गर्‍याे । ०४२ पुस १४ गते तत्कालिन राज विरेन्द्रकाे जन्माेत्सवकाे अवसर पारेर नेपाल टेलिभिजनले कार्यक्रमहरु प्रसारण गर्न थाल्याे । यसै अवधिमा पत्रकारिता तालिम दिन थालियाे । रत्न राज्यलक्षमी (आरआर) क्याम्पसमा आमसञ्चार तथा पत्रकारीता विषयमा स्नातक तहकाे पढाइ सुरु भयाे ।

५. बहुदलीय शासन काल (बहुदलिय प्रजातान्त्रिक युग): वि.सं. २०४६ देखि २०६२ सम्म

२०४६ मा नेपाली कांग्रेस र वामपन्थी गठबन्धनकाे संयुक्त माेर्चा बन्याे र पश्चायती व्यवस्था अन्त्यका लागि आन्दाेलनकाे घाेषणा गर्‍याे । सरकारले आन्दाेलन दबाउने प्रयास गरे पनि नसके पछि पञ्चायती व्यवस्था अन्य गरि बहुदलीय शासन सुरु गरे । नेपालकाे अधिराज्यकाे संविधान २०४७ ले प्रेस स्वतन्त्रताकाे ग्यारेन्टि गर्‍याे । ०५२ देखि माओवादीले जनयुद्ध नामक माओवादी आन्दाेलन थाल्याे । १० वर्ष चलेकाे जनयुद्धमा करिब १७ हजार सर्वसाधरण जनता सहित डेड दर्जन बढि पत्रकार मारिए । हजाराैं अंगभंग भए । अपांग भए । माओवादी आन्दाेलन निस्तेज पार्न ०५८ मा संकटकाल घाेषणा भयाे । पत्रपत्रिकाले समाचार छाप्न पाएनन् । सैनिक मुख्यालय र रक्षा मन्त्रालयबाट दिएकाे विवरण मात्र समाचार बनाउनु पर्ने अवस्था आयाे ।

माओवादी बारे सकारात्म समाचार लेख्नेलाई छेकथुन र यातना दिन थालियाे । सरकारी आदेशमा कान्तिपुर एफएम र रेडियाे सगरमाथाका स्टेसनमा ताेडफाेड र उपकरण लुटिए । राजा ज्ञानेन्द्रले २०६१ मा राजकिय सत्ता आफ्नाे हातमा लिए । राजनीतिक दलका नेताहरुलाई नजरबन्दमा राखियाे । आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरि पुन: पञ्चायती शैलीकाे दमन सुरुवात गरे । राजाकाे सवत्र विराेध हुन थाल्याे ।

२०६२ मंसिर ७ गते भारतकाे नयाँदिल्लीमा माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे सहमति भयाे । त्यस पछि २०६२ चैत २४ गते लाेकतन्त्र स्थापनाकाे माग राखेर मूख्य जनआन्दाेलनकाे चरण अर्थात् दाेस्राे तथा निर्णायक जनआन्दाेलन सुरु भयाे । १९ दिन चलेकाे आन्दाेलनले पूर्णता पाएसँगै राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन त्यागेकाे र प्रतिनिधि सभा पुन: स्थापनाकाे घाेषणा गरे । यसमा आमसञ्चार माध्यमकाे उच्च भूमिका रहेकाे थियाे ।

६. गणतन्त्रकाल (लाेकतान्त्रिक तथा गणतान्त्रिक युग): वि.सं. २०६१ देखि हाल सम्म

दाेस्राे र निर्णायक जनआन्दाेलनकाे ऐतिहासिक सफलता पछि नेपालकाे प त्रकारिता नवीनतम् युगमा गयाे । अन्तरिम संविधान बन्याे र संविधान सभाकाे निर्वाचन भयाे । आमसञ्चारका माध्यम अझ शसक्त र जिम्मेवार भएर आउन थाले नयाँ टेलिभिजन खुले, रेडियाे प्रशासरण बढ्दै गयाे, पत्रिकाहरुकाे संख्यामा वृद्धि भयाे, अनलाइन मिडियाकाे उदयमात्र भएन संख्यामा उल्लेखनीय वृद्धि भयाे ।

याे युगलाई नेपालकाे पत्रकारिता क्षेत्रकाे स्वर्णयुगका रुपमा प्रारम्भ भएकाे मानिन्छ । याे हाम्राे देश र जनताका लागि ठूलाे उपलब्धि हाे । यसरि दिनदिनै बढ्दै गएकाे आमसञ्चारका साधनले देशकाे विकार र समृद्धिमा सकारात्मक प्रभाव पार्ने कुराकाे दिल खाेलेर विश्वास गर्न सकिन्छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !