एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिनका लागि अवरुद्ध
प्रकाशित मिति : 25 March, 2023 4:27 am
काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिनका लागि अवरुद्ध हुने भएको छ ।
हिजाे राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।
‘बैंकले कार्ड सेवाको स्विच अपग्रेशनरमाइग्रेशन गनुएपर्ने भएकोले आज राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएमरपीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने जानकारी गराउँदछाैं’ शुक्रबार जारी सुचनामा उल्लेख गरिएकाे छ ।
एटिएम कार्ड बाहेक अन्य सेवा भने सुचारु हुने बैंकले जनाएको छ।
0
Shares











