९ पुष २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेस्डो समृद्धि लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने

प्रकाशित मिति :  १२ चैत्र २०७९, आईतवार ०६:४१


काठमाडौं । नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

९ चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !