६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मष्टा गाउँपालिका अध्यक्षकाे दादागिरि: ‘प्रसनल्ली इगाे लिएपछि म पनि देखाउँछु’

प्रकाशित मिति :  १५ चैत्र २०७९, बुधबार १५:१७


बझाङ । ‘ज्ञान बहादुर बोहरासँग प्रसनल तपाईं इगाे खाेज्ने हाे भने नि, म नि इगाे खाेज्न राम्राे गरि जान्ने मान्छे हाे’ याे अभिव्यक्ति हाे बझाङ्काे मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराकाे ।

उहाँले आफ्नै गाउँपालिकाका एक व्यक्तिसँग फाेनमा कुरा गर्दा बाेल्नु भएकाे कुरालाई हामीले जस्ताकाे त्यस्तै राखेका छाैं । उहाँले यति मात्र भन्नु भएकाे छैन फाेन राख्दै गर्दा उहाँले थप याे पनि भन्नुभएकाे छ- ‘प्रसनल्ली याे ज्ञान बहादुर बोहरासँग इगाे लिएपछि म पनि देखाउँछु ।’

अध्यक्ष बाेहराले फेसबुकमा स्टाटस लेखेकै कुरालाई लिएर स्थानीय एक ब्यक्तिलाई फाेनमा यसरी थर्काउनु भएकाे हाे । ती स्थानीयले केहि दिन अघि आफ्नाे फेसबुकमा गाउँपालिकामा भएका कार्यप्रति असन्तुष्ट हुँदै केहि स्टाटस समाजिक सञ्जाल फेसबुकमा राखेका थिए ।

बाेहरा गाउँपालिका अध्यक्ष निर्वाचित भइ आएपछि गाउँपालिकाकाे काम कर्तव्य सुस्त भएकाले जनता एकदमै आजित देखिन्छन् । यसैबीच उहाँले गाउँपालिका अध्यक्ष भइसकेपछि गाउँपालिका कार्यालयलाई आफन्त भर्तीकाे केन्द्र बनाउनु भएकाे पनि गाउँपालिका बासीकाे गुनासाे छ ।

नेपाली कांग्रेसबाट गाउँपालिकामा निर्वाचित बाेहराले गाउँपालिकाका विभिन्न कार्यालयमा दरबन्दि नै नखुलाई आफ्ना मान्छेलाई काममा राखेकाे गाउँपालिकाका एक व्यक्तिले राइजिङसन खबरसँग बताउनु भयाे ।

‘उहाँ निर्वाचित भएर आए पछि गाउँपालिका कार्यालय भर्ती केन्द्र जस्ताे भएकाे छ’ उहाँले भन्नुभयाे-‘आफ्ना आफ्नत जति लगेर राखिसक्नु भयाे । क्षमता गाउँपालिकाका जनशक्ति बेराेजगार छन् ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !