९ पुष २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

गुराँस लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  २२ चैत्र २०७९, बुधबार ०५:३१


काठमाडाैं । गुराँस लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत २३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज सम्म कारोबार भइ कायम रहेका लगानीकर्तालाई १३.२७ % बोनस सेयर प्राप्त गर्नेछन।
संस्थाले गुराँस लाइफको वैशाख ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामासभाले यूनियन लाइफ र प्राइम लाइफसँग १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव पास गर्नेछ । तीन कम्पनीको मर्जर पछि हिमालयन लाइफको नामबाट कारोबार सुरु गर्ने प्रस्ताव पनि साधारणसभा प्रस्तुत गरिने छ ।

सभा कम्पनीको प्रधान कार्यालय, राज भवन , तिनकुने, काठमाडौंमा बिहान १०.३० बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट गर्ने कम्पनीले जनाएको छ। सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने पनि एजेन्डा रहेको छ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !