७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीका मुख्यमन्त्रीद्वारा सय दिनकाे उपलब्धि सार्वजनिक

प्रकाशित मिति :  ९ बैशाख २०८०, शनिबार ०५:५५


काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएकाे छ ।

मुख्यमन्त्री अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गरेर सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्नुभएकाे हाे । मुख्यमन्त्रीले आफ्नो सम्पत्ति विवरणदेखि सय दिनकाे अवधिमा सरकारले गरेका कामको विवरण सार्वजनिक गर्नुभयाे ।

न्त्रालयको संख्या १२ बाट घटाई ७ वटामा कायम गरेर प्रदेशको खर्च कटौती गर्न पहल गरेको, प्रदेश सरकारको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा २५ शय्याको डायलाइसिस केन्द्र स्थापना गर्नका लागि ७ करोड ५४ लाख ३८ हजार रुपैयाँ बजेट व्यवस्थापन गरिएको, पर्यटन तथा उद्योग कार्यालयबाट १,२१४ वटा नयाँ उद्योग र ९६६ वटा नयाँ वाणिज्य फर्महरु दर्ता गरिएको लगायत १८ बुँदे उपलब्धि उहाँले सार्वजनिक गर्नुभयाे ।

प्रदेश र स्थानीय तहका कर्मचारीको वृत्ति विकास गर्नुका साथै प्रदेश निजामती सेवा ऐन, २०७९, स्थानीय सेवा गठन तथा सञ्‍चालन ल्याएर व्यवस्थित गरिएकाे मुख्यमन्त्री अधिकारीले बताउनुभयाे ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपाको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।

केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएपछि त्यसकाे असर प्रदेशमा पनि परेकाे छ । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारी अहिले अल्पमतमा हुनुहुन्छ । माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिबार बस्ने प्रदेश सभा बैठकमा दाेस्राे पटक विश्वासकाे मत लिँदै हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !