६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एक लाख विरुवा रोप्ने आजपा नेता यादवको घोषणा

प्रकाशित मिति :  ११ बैशाख २०८०, सोमबार १२:१८


गौर । आम जनता पार्टीका नेता निवेश यादवले एक लाख विरुवा रोप्ने घोषणा गरेका छन् ।

सोमवार सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य सार्वजनिक गर्दै नेता यादवले एक लाख वृक्षारोपण गर्ने अभियानको घोषणा गरेका हुन् । आम जनता पार्टीका प्रचार प्रसार विभाग उपप्रमुख समेत रहेका यादवले उक्त अभियान रौतहट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका गाउँहरुमा लागु गर्ने जनाएका छन् । रौतहट क्षेत्र नम्बर १ को दुइटै प्रदेशसभा क्षेत्रमा ५० हजारका दरले वृक्षारोपण गर्ने नेता यादवको योजना रहेको बताएका छन् ।

राजनीतिकर्मीले निर्वाह गर्नुपर्ने विभिन्न दायित्वहरुमध्ये वातावरण संरक्षण पनि एउटा महत्वपूर्ण कार्य रहेकोले आफुले अभियान घोषणा गरेको नेता यादवले जनाएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा खेतीयोग्य जमिन बढीरहेको र मुख्य जनसंख्या कृषिमा आधारित रहेको तर वातावरणीय प्रभावका कारण विभिन्न समस्या उत्पन्न हुने गरेको बताउदै नेता यादवले वृक्षारोपणमार्फत वातावरणीय सन्तुलन कायम राख्न सकिने दाबी गरेका छन् ।

“हाम्रो दक्षिणी क्षेत्रमा पर्ने भुगोल जहाँ मुलत; खेतीपाती गरिने गर्दछ । जहाँको जनसंख्या कृषिमा आधारित छ । खेतीपाती हुने क्षेत्रमा बोट विरुवा खासगरी रुखको संख्या कम हुन्छ जसका कारण विभिन्न वातावरणीय प्रभावहरु परेको देख्न सक्दछौँ । अतिवृष्टि अनावृष्टि लगायतका विभिन्न समस्याहरु आएका छन् ।” नेता यादवले भने, “यस समस्यालाई समाधान गर्न सकिन्छ, यो सम्भव छ । त्यसै अनुरुप एउटा सानो प्रयास गर्न लागेका हौँ । यस क्षेत्रमा पर्ने दुइटै प्रदेशसभा क्षेत्रमा ५० हजारका दरले १ लाख रुख रोप्ने घोषणा गरेको हुँ । यसमा सहयोग गर्न सम्पूर्णमा अपिलसमेत गर्न चाहन्छु ।”

विभिन्न चरणमा गरिने वृक्षारोपणका बारेमा विस्तृत कार्यतालिका नै सार्वजनिक गर्ने नेता यादवको भनाइ छ । रौतहट क्षेत्र नम्बर १ मा नेता यादवको गृह नगर राजदेवी नगरपालिकासहित सदरमुकाम गौर नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, माधव नारायण नगरपालिका सम्पूर्ण वडा तथा गढीमाई नगरपालिकाको तीनवटा र गरुडा नगरपालिकाको एउटा वडा पर्दछन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !