काठमाडाैं जिल्ला अदालतकै शौचालय छैन प्रयोग गर्न योग्य
प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार ०७:२७
-चेतनाथ न्याैपाने
काठमाडौं । जिल्ला अदालत काठमाडौंको शौचालय अहिले प्रयोग गर्न नसकिने अबस्थामा रहेको पाइएको छ ।
बबरमहल स्थित जिल्ला अदालको शौचालय जो कोही सेवाग्राहीले प्रयोग गर्न नसकिने अबस्थामा रहेको छ ।
अदालत जस्तो संवेदनशिल ठाउँमा, शौचालयको अबस्था नाजुक देख्दा जो कोही सेवाग्राहीले सजिलै अनुमान लगाउन सक्छन् जुन ठाँउले न्याय दिन्छ त्यो ठाँउको शौचालयले न्याय नपाएको अनुमान लगाउन सक्छन् ।
शौचालयमा पानी नहुनु । शौचालय गरिसकेपछि पानी प्रयोग गर्ने भाडो नहुनु । हात धुन सावुन नहुनु । ढोका राम्रो सँग नलाग्नु, कुनै लागेपनि लगाउन ग्राहो हुनु । जथाभावी पान खाएर थुक्नु, सरसपmई नहुनु । यो काठमाडौं जिल्ला अदालतको शौचालयको विशेषता हो ।
0
Shares