७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुई महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  ३२ जेष्ठ २०८०, बिहीबार १५:११


काठमाडौं । इमर्जन म्यान्डरिन एकेडेमी (आइ एम ए), इष्ट चाइना युनिभसिटी अफ टेक्नोलोजी र नेपाल पर्यटक प्रहरी बीचको सहकार्यमा सञ्चालित पहिलो चरणको दुई महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सहभगी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरी सम्पन्न भएको छ । 

बुधबार बिहान पर्यटन बोडमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले भाषा प्रशिक्षणमा सहभागि पर्यटक प्रहरीहरु लक्ष्मण राउत, कुमार बहादुर खड्का, सुनिता नेपाल, शुभराज महतारा र सुनिल श्रेष्ठलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, चिनियाँ राजदूतवासका काउन्सिलर वाङ्छिन, नेपाल पर्यटन बोडका महानिर्देशक होम प्रसाद लुइँटेल, पर्यटक प्रहरीका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठ र इमर्जन म्याडरिनका सञ्चालिका प्रमिला तामाङ लगायतको उपस्थिति थियो । त्यसै गरि इष्ट चाईन युनिभर्सिीटी अफ टेक्नोलोजीका सह उपकुलपति भने भर्चुअल माध्यमबाट जोडिनु भएको थियो ।

कर्यक्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुरेश अधिकारीले भाषा प्रशिक्षण कार्यक्रमको प्रशंसा गर्दै, यसले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटक सँग सञ्चार गर्न र उनीहरूको समस्या तत्काल समाधान गर्न सहज हुने बताए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि विष्णु पुकार श्रेष्ठले नेपाल र चीन विचको एतिहासिक सम्बन्धको बारेमा चर्चा गर्नु भएको थियो ।

करिब दुई महिना सम्म संचालन भएको पर्यटक प्रहरी भाषा प्रशिक्षण कक्षका लागि इमर्जन म्याण्डरिन एकेडेमीले छुट्टै पाठ्यक्रम बनाएर अध्यापन गराएको कुरा एकेडेमीका सञ्चालिका प्रमिला तामाङले जानकारी गराउनु भयो । साथै यस भाषा कक्षले चिनियाँ पर्यटकहरुलाई पर्ने  समस्यालाई  समाधान गर्न अब भाषा समस्या नहुने कुरा बताउनु भयो ।

प्रमाणपत्र वितरण समारोहको साथ साथै उक्त कार्यक्रममा आउँदै गरेको चिनियाँ चाड ड्रागन बोट फेस्टिभलको छोटो भिडियो प्रदर्शन गरिएको थियो र प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिगणहरुले यस पर्वमा खाइने परिकार चोङ्चि बनाउन प्रत्यक्ष सहभागिता जनाउनु भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !