२६ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको निधन

प्रकाशित मिति :  २५ असार २०८०, सोमबार १०:३६


बेइजिङ । दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको निधन हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् ।

निधन हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् ।

उहाँले लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार , पीडितको पहिचान र उमेरबारे विस्तृत जानकारी दिनुभएको छैन ।

‘घटनामा सम्लग्न रहेको आरोपमा शङ्कास्पद एक जनालाई पक्राउ गरिएको छ,’ उहाँले भन्नुभयो ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ ।’

चाइना न्यूज नेटवर्कका अनुसार स्थानीय समयअनुसार ७ः४० बजे उक्त घटना भएको हो ।

अपराधस्थल देखाउने दाबी गर्दै पैदल यात्रीहरूले खिचेको र पोष्ट भएका भिडियोहरू चीनमा प्रसिद्ध सामाजिक सञ्जाल वेइबोबाट हटाइएको छ ।

बन्दुकलाई कडाइका साथ नियन्त्रण गरिए पनि चीनले धारिलो हतियार प्रहार गरी हुने घटनालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहनुपरेको छ ।

चीनमा हालैका दशकहरूमा अर्थतन्त्रमा वृद्धि भएको छ र धनी र गरीब बीचको खाडल तीव्र रूपमा फराकिलो भएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !