११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुमारी बैंकको कुलेश्वरमा र धुम्बाराहीमा थप शाखा विस्तार

प्रकाशित मिति :  ११ श्रावण २०८०, बिहीबार ०५:२०


काठमाडौं । कुमारी बैंकले आफ्नो थप दुई शाखाहरु विस्तार गरेको छ ।

बैंकले काठमाडौंको धुम्बाराहीमा र कुलेश्वरमा आफ्नो शाखा विस्तार गरेको हो । उक्त शाखाहर साउन १० गतेबाट सञ्चलानमा आइसकेका छन् ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !