८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रामेछापमा सुरु गर्‍यो राष्ट्रिय युवा संघ नेपालले वृक्षारोपण अभियान

प्रकाशित मिति :  २० श्रावण २०८०, शनिबार ०७:२४


रामेछाप । राष्ट्रिय युवा संघ नेपाल रामेछापले खाँडादेवी गाउँपालिका–४ पकरबासबाट वृक्षारोपण अभियान सुरु गरेको छ ।

शनिबार पकरबासको ठुलो सामुदायिक वनमा विभिन्न जातका फलफूलका बिरुवा रोपेर अभियान सुरु गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यता तथा खाँडादेवी गाउँ कमिटी अध्यक्ष सविन वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य गणेशबज्र लामा, जिल्ला अध्यक्ष सुरेन्द्र कार्की, एमाले जिल्ला कमिटी सदस्यहरू भक्तबहादुर श्रेष्ठ, धनबहादुर मानन्धर, निर्वाचित जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगायतका पदाधिकारी र सदस्य लगायतका सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका उपाध्यक्ष कृष्णहरि केसीले एक युवा पाँच बिरुवाका दरले यस वर्ष देशभरि ५ लाख युवाले २० लाख बिरुवा रोप्ने बताउनुभयो । एक युवा–पाँच बिरुवा, संरक्षण प्रकृतिको–सुरक्षा सन्ततिको र बहुउपयोगी वन नेपालको धन भन्ने नाराको साथ राष्ट्रिय युवा संघले अभियान सुरु गरेको केसीले बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रामेछापमा अध्यक्ष सुरेन्द्र कार्कीले खाँडादेवीको पकरबासबाट सुरु भएको अभियान जिल्लाका सबै ६४ वटामा लैजाने बताउनुभयो । बिरुवा रोपेर देखाउने मात्र होइन हुर्काउने अभियानमा राष्ट्रिय युवा संघ नेपाल लागेको उहाँले बताउनुभयो ।

युवा संघले भविष्य र युवाको लागि काम गर्छ भन्ने सन्देश राष्ट्रिय युवा संघ नेपालले दिन लागेको एमाले जिल्ला कमिटी रामेछापका सदस्य भक्तबहादुर श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल खाँडादेवी गाउँपालिका अध्यक्ष सविन वाइबाले सबैको सहयोग र सहकार्यमा गाउँपालिकाका सबै वडामा वृक्षारोपण कार्यक्रम अघि बढाउने बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !