६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

लिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग लिइयाे बयान

प्रकाशित मिति :  ४ भाद्र २०८०, सोमबार ०८:४०


काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको छ ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन मन्त्रिपरिषद् निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि सीआईबीले उहाँहरूसँग सोमबार बिहान बयान लिएको हो । यस अघि सरकारको दबाबमा सीआईबीले उहाँहरूसँग बयान नै नलिई फाइल बुझाउने तयारी गरेको थियो । तर त्यसको व्यापक विरोध भएपछि सीआईबीले उहाँहरूको बयान लिएको हो ।

सीआईबीको टोलीले उहाँहरूको घरमा नै गएर बयान लिएको हो । सीआईबीले सो घटनाका अन्य आरोपीलाई भने पक्राउ गरी कार्यालयमा लगेर बयान लिएको थियो ।

सीआईबीलाई बयान दिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बयान दिएर आफ्नो कर्तव्य पुरा गरेको बताउनुभएको छ । ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्य तथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु, यो मुद्दा सफल टुङ्गोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न, गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु’, सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेख्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !