६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बालेन सचिवाललयले निकाल्यो विज्ञप्ती, गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल जानुभएको थियो

प्रकाशित मिति :  १७ भाद्र २०८०, आईतवार १२:५९


काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फेसबुकमा हिजो राति राखेको स्टाटासको विषयलाई लिएर बालेन शाहको सचिवालयले प्रतिक्रिया दिएको छ ।

सचिवालयले गृहमन्त्रलायले स्वीकृत दिएकै कामपाको गाडी बालेकी धर्मपत्नी सबिना काफ्लेको लागि प्रयोग गरिएको भनेर विज्ञप्ती निकालेको छ ।

विज्ञप्तीमा भनिएको छ

विभिन्न सञ्चार माध्यममा काठमाडौं महानगर प्रमुख र उहाँकी धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन / प्रशारण भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

२०८० भाद्र १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहनुभएका सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिम युक्त स्थिति देखिएपछि स्वास्थय परिक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रुपमा रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगर प्रमुख र वहाँकी धर्मपत्नी लाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल जानुभएको थियो ।

आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयु (ल्क्ष्ऋग्)मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९ः०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारीसाधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचयपत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे । नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सीटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’

प्रसव पीडा र शारीरिक समस्यामा रहेकी एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित बनेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको व्यवहार असभ्य व्यवहार अत्यन्त , निन्दनीय तथा खेदजनक छ ।

‘सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आमनागरिक विश्वस्त हुन सक्नुपर्छ । प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादकपदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानूनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सविना काफ्लेलाई अस्वाभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहें भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ । यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौं ।

यस्तो आचरणमा रहेका केही प्रहरीका कारण समग्र प्रहरीको सार्वजनिक छविमा आँच आउन सक्छ । पटक–पटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको कुरा सर्वविदितै छ । तर पनि सम्बन्धित निकायबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न कोही कहिले अग्रसर देखिएन । यसर्थ, गलत आचरण भएका केही प्रहरीहरूमाथि निगरानी गर्न, गल्ती गर्नेलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइराख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्न चाहन्छौं ।’

धन्यवाद ।


0
Shares

प्रतिक्रिया दिनुहोस !