६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियुकाे आन्दाेलकाे प्रभाव: इन्जिनियरिङ संस्थानले फिर्ता लियाे वृद्धि गरेको शुल्क

प्रकाशित मिति :  १७ भाद्र २०८०, आईतवार १६:२८


काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानले वृद्धि गरेको शुल्क फिर्ता गर्ने भएकाे छ ।

इन्जिनियरिङ संस्थान र आन्दोलनरत एमाले निकट विद्यार्थी संगठनबीच आज चारबुँदे सहमति भएको हाे ।

सहमतिमा त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल, रिजष्ट्रार प्रा. डा. पेशल दाहाल र आईओईका सहायक डीन प्रा.डा. शुशिलबहादुर बज्राचार्य र अनेरास्ववियुको कावा अध्यक्ष नारायण घर्तीलगायतले हस्ताक्षर गर्नुभएकाे छ ।

अनेरास्ववियु र संस्थानका पदाधिकारीबीच हाल वृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको छ ।

त्यस्तै, इन्जिनियरिङ अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्ता हुने गरी कर्णाली र मधेश प्रदेशमा श्रोत, साधन समपन्न क्याम्पसहरु स्थापनाका लागि प्रक्रिया अगिाडि बढाउने पनि सहमति भएको छ ।

संस्थानको आर्थिक संकट सममाधानका लागि सर्वपक्षीय समितिलगायतका विकल्पबारे छलफल गरेर समाधान गरिने सहमति पत्रमा उल्लेख छ ।

विद्यार्थीहरुले पुल्चोक क्याम्पसमा र अनेरास्ववियुले गर्दै आएकाे सबैखाले आन्दोलन फिर्ता लिने सहमति समेत भएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !