संविधान दिवसमा एमालेले नारायणचाैरमा विशेष कार्यक्रम गर्ने
प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ११:१२
काठमाडाैं । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ ।
संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौंको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गर्नुभएको छ ।
अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गर्नुभएको हाे ।
उहाँले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाउन अपिल समेत गर्नुभएको छ ।
0
Shares